२५ कार्तिक २०८१, आईतवार
,
Latest
म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन्ः राष्ट्रपति पौडेल सहकारी ठगबाट पैसा असुल गरी सहकारी पीडितको पैसा फिर्ता गर्छौंः खानेपानीमन्त्री यादव मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक पूर्वगृहमन्त्री लामिछानेलाई म्याद थपका लागि आज फेरि अदालत लगिँदै कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती सन्दर्भ फाल्गुनन्द जयन्ती : कुरीतिविरुद्ध धर्ममुचुल्का गराउने महागुरु म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार कालीगण्डकी करिडोर : म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै आज देशभरको मौसम सफा रहने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि नि:शुल्क



अ+ अ-

ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी औषधि नि:शुल्क वितरण गर्ने भएको छ ।

मेटास्टेटिक अवस्था अर्थात् ९चौथो स्टेज० को हर्मोन पोजेटिभ भएका बिरामीका लागि राइबोसिक्लिव र लेट्रोजोल ट्याबेलट नि:शुल्क उपलब्ध गराइने अङ्कोलोजिष्ट डा अरुण शाहीले जानकारी दिनुभयो ।

डा शाहीका अनुसार नि:शुल्क वितरण गरिने औषधि मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै सहज र प्रभावकारी हुन्छ । उहाँले भन्नुभयो, “अमेरिकामा पहिलो रोजाइमा पर्ने यो औषधि विश्वस्तरीय ब्राण्ड हो र यसले युएसएफडए मान्यता समेत पाएको छ ।” म्याक्सले पाटनमा वितरण गरेका अरु क्यान्सरका औषधि चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट पनि नि:शुल्क उपलब्ध हुने गरेपनि पछिल्लो पटक आएको स्तन क्यान्सरको यो औषधि पाटन अस्पतालबाट मात्र नि:शुल्क वितरण हुने गरेको छ ।

डा शाहीका अनुसार उक्त औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्ने र त्यसको खर्च रु एक लाखभन्दा बढी पर्छ । रासस