१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटक प्रतिबन्धविरुद्धको रिट निवेदन हेर्न नभ्याइने



अ+ अ-

काठमाडौँ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइका लागि तोकिएको पेसी ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो ।

यसअघि न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेका थिए । न्यायाधीश शर्माको इजलासले मङ्सिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थिए । सोहिअनुसार आजका लागि पूर्ण सुनुवाइ तोकिएको थियो ।

गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।