१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्र वर्षपछि नेपाल स्काउटमा निर्वाचन



अ+ अ-

काठमाडौँ । बाह्र वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ ।

बालबालिका तथा युवाहरुको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत स्काउटको स्थानीय परिषद्को निर्वाचन आगामी पुस २७ देखि २९ गतेसम्म तथा प्रदेश परिषद्हरु र राष्ट्रिय परिषद्को निर्वाचन आगामी माघ ६ गते सम्पन्न गर्ने मिति तोकिएको तदर्थ समितिका संयोजक एवं प्रमुख आयुक्त लोकबहादुर भण्डारीले जानकारी दिनुभयो ।

निर्वाचनअघि यही मङ्सिर ३० गतेभित्र ‘अनलाइन’ सदस्यता आवेदन भर्न सूचना जारी गरिएको छ । ती निर्वाचन पर्यवेक्षणका लागि विश्व स्काउट सङ्गठन (ओजम) र वाग्सका अन्तरराष्ट्रिय प्रतिनिधिलाई आमन्त्रण गरिएको जनाइएको छ । विसं २०६८ मा निर्वाचन भएयता स्काउटमा निर्वाचन हुन सकेको छैन । विसं २०७० मा तत्कालीन प्रमुख आयुक्तले राजीनामा दिएपछि, नेपाल स्काउट तदर्थ समितिका आधारमा चल्दै आएको छ ।

नेपाल स्काउट ऐन, २०५० अनुसार प्रत्येक चार वर्षमा आवधिक निर्वाचन हुने व्यवस्था भए पनि आन्तरिक विवादका कारण चुनाव हुन सकेको छैन । रासस