• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

‘समृद्धिको लागि संकल्प यात्रा’ का सहभागीलाई स्वागत गर्न झकिझकाऊ बागलुङ बजार



बागलुङ । ‘समृद्धिको लागि संकल्प यात्रा–२०८०’ को टोलीलाई स्वागत गर्न सोमबारदेखि नै बागलुङ बजार सिंगारिएको छ ।

नेकपा एमालेले सञ्चालन गरेको ‘समबन्ध स्थानीय – सन्देश राष्ट्रिय’ कार्यक्रम अन्तरगत नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली बिहीबार बिहान बागलुङ बजार आउने कार्यक्रम छ ।

वैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको पदयात्रामा निस्केको सो टोलीलाई स्वागत गर्न बजार क्षेत्रमा स्वागतद्धार निर्माण गर्नेदेखि बजारका बिच भागमा रहेका सवै स्थानमा सूर्य अंकित झण्डा, कम्युनिष्ट पार्टीको झण्डा र अध्यक्ष ओलीका तस्विर अंकित झण्डाले बागलुङ बजार झकिझकाऊ भएको छ ।

पार्टीको सिंगो नेतृत्व जिल्लामा आउने भएपछि एमालेका नेता कार्यकर्ता निकै उत्साहित भएका छन् । उनीहरु आफ्नो सम्पूर्ण शक्ति लगाएर तयारीमा जुटेको नेकपा एमालेका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटाले बताए । बजारका ठाउँ ठाउँमा स्वागत द्धार निर्माण गरिएको छ ।

बागलुङ नगरपालिका प्रवेश गर्ने स्थान खहरेमा स्वागत गेट निर्माण गर्न लागिएको छ भने बजार प्रवेशद्धार जीपपार्कमा स्वागत गेट तयार भइसकेको छ । बजारका विभिन्न स्थानमा स्वागत ब्यानर टागिएको छ । पर्वतको मालढुंगासम्म पार्टीका झण्डाहरु फरफराईरहेका छन ।

मंसिर २१ गते बिहीबार बिहान १० बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा अध्यक्ष केपी ओलीसंग संवाद गर्ने कार्यक्रम तय भएको नगर कमिटीका अध्यक्ष धन वहादुर परियारले बताए । त्यसैको तयारी स्वरुप पार्टी पंक्ति जुटीरहेको परियारले बताए ।

उनका अनुसार पदयात्री टोलीलाई बुधबार गण्डकी र कर्णाली प्रदेशको सिमाक्षेत्र पाती हाल्नेमा पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले स्वागत गर्ने कार्यक्रम छ । सो स्थान मध्य पहाडी लोकमार्गको सवैभन्दा उचाईमा रहेको क्षेत्र पनि हो ।

पातीहाल्नेमा स्वागत गरेपछि टोलीलाई निसीखोला गाउँपालिकाको झिवाखोलामा स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि पदयात्रा टोलीको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा कार्यक्रम हुनेछ । पार्टी अध्यक्षसहित सम्पूर्ण पदाधिकारी सहभागी टोलीलाई बढिगाड पालिकामा स्वागत गरिनेछ ।

त्यसपछि टोली गुल्मीको वामीटक्सारमा हुने सभामा भाग लिनेछ र वेलुका बागलुङको गलकोटमा वास वस्ने र स्थानीयसंग रेमिट्यान्स लगायतका विषयमा संवाद गर्ने कार्यक्रम छ । मंसिर २१ गते विहान काँठेखोलाले घोढाबाँधेमा स्वागत गर्ने र १० बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा हुने सभामा सहभागी भएर दिउसो पर्वतको कुश्मा बजारमा हुने आमसभामा सहभागी हुने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख गणेश पौडेल (चन्द्र गणेश)ले बताए ।

मध्य पहाडी पुष्पलाल लोकमार्गको सवैभन्दा बढि भाग १४२ किमी सडक बागलुङ जिल्लामा मात्रै पर्ने भएकाले पनि देशको पूर्वप्रधानमन्त्री आउँदा यहाँका स्थानीयमा ब्यापक खुशी छाएको छ ।

उनीहरुले यो सडकलाई विस्तारसंगै स्तरउन्नती हुनेमा विश्वास लिएका छन् । यो मध्य पहाड सडकलाई सुन्दर भविष्यको रेखाको रुपमा स्थानीयले लिएका छन् । पहाडी क्षेत्रको विकासमा यो सडकको महत्पूर्ण भूमिका रहेको छ ।