काठमाडौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको निबेदनको पुनरावलोकन नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले पुनरावलोकन नगर्ने आदेश दिएको हो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्नेबारे अदालतको निर्णय पुनराबलोकन हुनु पर्ने जिकिर सहित दाहलले निबेदन पेश गर्नुभएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत चैत्र १७ गते सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए ।
सो दिन उनीसंगै वर्षमान पुन, हरिबोल गजुरेल, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा पनि अदालत पुगेका थिए। गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत गएका थिए ।











