१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा प्रदर्शन गर्न सक्ने सुराकपछि प्रवेश चेकजाँचमा कडाइ



अ+ अ-

काठमाडौँ । प्रहरीले सिंहदरबारमा सर्वसाधारण प्रवेश गर्ने दक्षिण गेट सहितका गेटहरूमा चेकजाँच कडाइ गरेको छ ।

असन्तुष्ट समूहले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रदर्शन गर्न सक्ने सुराकका आधारमा प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

सिंहदरबार भित्र छिर्ने सवारी साधन र पैदल यात्रुमा कडा चेकजाँच गरिएको छ । प्रहरीले सवारी साधन तथा झोला चेकजाँच गरेर मात्रै प्रवेश अनुमति दिएको छ ।

बहिर्गमित लडाकुहरूले प्रदर्शन गर्न सक्ने सुराकका आधारमा उपत्यका प्रहरी कार्यालयले चेकजाँचमा कडाइ गर्न सिंहदरबार सुरक्षा कार्यालयलाई निर्देशन गरेको हो ।