• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर

सैंबु ब्याडमिन्टनका खेलहरु मंगलबार पनि जारी



ललितपुर: सैंबु ब्याडमिन्टन सर्कलको आयोजना तथा ललितपुर महानगरपालिका वडा नं. १८ को सहयोगमा ललितपुर महानगरपालिका वडा नं. १८ को मगरगाउँमा जारी दोस्रो सैंबु खुला ब्याडमिन्टन प्रतियोगिता अन्तरगतका खेलहरू जारी छन् ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भइरहेको यस प्रतियोगिता अन्तर्गत मंगलबार चार खेल सम्पन्न भएका छन् ।

पहिलो खेलमा सुरज बास्कोटा र अशोक खातीको जोडी विजयी भएको छ । उनीहरुले राजाराम थापा र रामबहादुर कार्कीलाई २१–१६ र २१–८ को सोझो सेटले पराजित गरेका थिए ।

यस्तै दोस्रो खेलमा अनिल थापा र प्रकाश बहादुर जोशीले कवि तुलाधर र विनेश महर्जनलाई २१–१६ र २१–१९ ले पराजित गरे । यसैगरी, उत्तम सत्याल र भीम थापाको जोडीले राजेश थापा मगर र पुरुषोत्तम थापाको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा २१–१४, २१–१६ र १६–२१ ले पराजित गरेका थिए ।

आजको चौथो खेलमा भने श्याम ठकुरी र ओमकार गुरुङको जोडी विजयी भएर अर्को चरणमा प्रवेश गरे । उनीहरुले कमल तामाङ र भुवन रायमाझीलाई २१–१७ र २१–१३ को स्कोरमा हराएका थिए ।

नकआउट चरणका खेलहरु बुधबार सम्पन्न हुनेछन् भने बिहीबार क्वार्टरफानल खेलहरु हुने आयोजक सैंबु ब्याडमिन्टन सर्कलका अध्यक्ष शंकर थापा मगरले जानकारी दिनुभयो ।

यस प्रतियोगिताको फाइनल खेल यही मंसिर २३ गते हुनेछ ।