१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

राउटेका मुखियाले दिए एमाले अध्यक्ष ओलीलाई बिशेष उपहार

राउटेका मुखियाले दिए एमाले अध्यक्ष ओलीलाई बिशेष उपहार
अ अ+ अ-

दैलेख, (गुराँस) । लोपउन्मुख राउटे जातीका मुखिया सुर्यप्रकाश शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बिशेष उपहार दिनुभएको छ ।

बैतडीको राकमबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा फूलमालाले स्वागत गर्दै राउटे मुखिया शाहीले आफ्नो समुदायको जिविको पार्जनका लागि बनाउँदैं आएको काठबाट राउटेले बनाएको ‘कोशी’ उपहार दिनुभएको हो ।

उपहार ग्रहण पश्चात एमाले अध्यक्ष ओलीले राउटे मुखिया शाहीलाई आफूले लगाएको फुलको माला निकालेर सम्मान गर्नुभयो । एमाले राउटे समुदायको अस्थित्व बचाउँदै जीविको पार्जनमा सहज गर्न, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्याउन नीतिगत र कार्यक्रमका हिसाबले पनि सहयोग गर्न तयार रहेको अध्यक्ष ओलीले बताउनुभयो ।

स्वागत कार्यक्रममा आफ्नो समुदायको पुर्खौली पेशा नैं संकटमा परेका कारण बाँच्न पनि समस्या भएको भन्दै एमाले अध्यक्ष ओलीले सहयोग गर्नु होला भन्ने लागेर भेट्न आएको बताए का राउटे मुखिया शाहीले भन्नुभयो, ‘हामी प्रधानमन्त्री केपी ओली ज्यूलाई भेट्न आको (आएको) हामीलाई जंगल बस्न समस्या छ । ओली काठमाडौं गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै (धेरै) सहयोग गर्या अब पनि केहि सहयोग गरन्ना भनेर भेट्न आयाका (आएका) हौं ।’

अभियानका क्रममा गुराँस पुग्नु भएका अध्यक्ष ओलीले गुराँस गाउँपालिकाको नवनिर्मित प्रशासकीक भवनको समेत उद्घाटन गर्नु भएको छ । कर्णाली प्रदेशका सरकारी कार्यालयमा राखिएको सबैभन्दा ठूलो राष्ट्रिय झण्डाउत्तोलन गर्दै पूर्वप्रधानमन्त्री ओलीले गुराँसका स्थानीय नागरिकले गरेको स्वागत ग्रहण गर्नुभएको छ ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, युवराज ज्ञावली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञावली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाललगायतका नेताहरु सहभागि हुनुहुन्छ ।