१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ–रुकुम सिमाना पातिहाल्नेमा भारी हिमपात, संकल्प यात्रा प्रभावित हुँदैनः एमाले बागलुङ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित १ सय ५० भन्दा बढी केन्द्रीय नेता सहितको टोली मङ्सिर २० गते विहान बागलुङ र रुकुमको सिमाना पातीहाल्ने आइपुग्ने कार्यक्रम रहेको छ ।

‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने मुल नाराका साथ बैतडीको झुलाघाटदेखि यात्रासुरु गरेको टोलिलाई स्वागत सहितको व्यवस्थापनको लागि नेकपा एमाले बागलुङले तयारी तीव्र बनाएको छ ।

लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सिमानामा पर्ने बागलुङको निसीखोला स्थित पातिहाल्नेमा यतिबेला स्वागत गेट बनाउँने काम चलिरहेको छ । तर, सोमबार विहानदेखि यस क्षेत्रमा हिमपात सुरु भएको छ ।

समुन्द्र सतहदेखी ३ हजार मिटरको उचाइमा रहेको पातिहाल्नेमा हिमापतसँगै बढीरहेको चिसोका कारण यो स्थानमा स्वागत गर्ने कार्यक्रम प्रभावित हुन सक्ने नेकपा एमाले बागलुङका सचिव विष्णु भुषालले बताउनुभयो ।

मंगलबार बिहानसम्म हिमपात रोकिए र मौसम खुलेमा बुधबार पातीहाल्नेमै स्वागत गर्ने, हिमापत नरोकिए जेसिभीको सहायताले बाटो पन्छ्याएर निसीखोलाको झिवाखोलामा स्वागत गर्ने तयारी गरिएको सचिव भुषालले जानकारी दिनुभयो ।

वर्षा र हिमपातले कार्यक्रमका स्थान परिवर्तन भएपनि कार्यक्रम प्रभावित नहुँने र व्यवस्थापनमा बागलुङ जिल्लाले कुनैपनि कमजोरी नगर्ने पार्टी अध्यक्ष हिरा केसीको भनाई छ ।

अहिलेसम्म मंसिर २० गते विहान रुकुम र बागलुङ जिल्लाको सिमाना पातिहाल्नेमा स्वागत, सोहीदिन निसीखोलाको झिवाखोलामा भेटघाट, बुर्तिवाङमा स्वागत सहित भेटघाट, बडिगाड गाउँपालिकामा स्वागत, वामी टक्सारमा स्वागत गरि सोही साँझ गलकोटमा स्वागत गरि त्यही बस्ने व्यवस्था मिलाईएको जिल्ला अध्यक्ष केसीले बताउनु भयो । मौसमको प्रतिकुलता रहे पातिहाल्नेको कार्यक्रम बाहेक अन्य कार्यक्रम यथावत रहने उहाँको भनाई छ ।

२१ गते गलकोटबाट बागलुङ बजार प्रस्थान गर्दा घोडाबाधेमा स्वागत, बागलुङ बजारको लोकतान्त्रीक चोकमा सभा, कालिका मन्दिरको दर्शन र मालढुङ्गा बागलुङ जिल्लाबाट विदाई गर्ने कार्यक्रम रहेको छ ।