३ मंसिर २०८१, सोमबार
,
Latest
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि सानो गौचरणमा प्रकाश भुजेलले मृतकको परिवारलाई ५२ लाख दिने सहमति सडकको पहुँचले मलैबासीलाई सहज मुख्यसचिव बैकुण्ठ अर्यालले दिए राजीनामा राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुंगानाकाे अन्त्येष्टि गर्ने सरकारको निर्णय, आज सार्वजनिक बिदा चिनियाँ कार्डबारे एमालेको वक्तव्यप्रति प्रचण्डको टिप्पणी– ‘खुदा पहाड, निक्ला चुहा’ पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा पूर्वसभामुख ढुंगानाको आज अन्त्येष्टि गरिँदै, मन्त्रिपरिषद् बैठक बस्दै रवि लामिछानेविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी, पोखराबाट ल्याउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको सरकार तीन वर्ष नै टिक्छ: देव गुरुङ



अ+ अ-

रुकुमपश्चिम । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले नेपालमा रहेका कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आजको आवश्यकता रहेको बताउनुभएको छ ।

आज रुकुमपश्चिममा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी रहेको बताउनुभयो ।

“पूर्वमाओवादी घटकको एकताको कुरा भइरहेको छ । सामाजवादी मोर्चामा पनि त्यो कुरा भएको छ । नेपाल समाजवादी पार्टीसँग एकता गर्न त कार्यदल नै निर्माण भएको छ । माओवादी केन्द्रको नेतृत्वमा नै पार्टी एकता हुन्छ”, गुरुङले भन्नुभयो । जनताले पनि माओवादी घटक एक भएको हेर्न चाहेको उहाँले बताउनुभयो ।

नेपालमा रहेका कम्युनिष्टमा वैचारिक कुरामा केही नमिले जस्तो देखिए पनि ती कुरालाई मिलाउन सकिने महासचिव गुरुङले बताउनुभयो । “कम्युनिष्टमा अन्तर द्वन्द्व हुनु राम्रो होइन । यसले नेपालमा रहेका कम्युनिष्टलाई नै समस्या बनाउँछ । कुनै न कुनै समयमा हामी एक भएर काम गर्नु पर्छ”, उहाँले भन्नुभयो ।

अहिलेको गठनबन्धनको सरकार तीन वर्ष टिक्ने गुरुङले दाबी गर्नुभयो । “अहिलेको सरकार तीन वर्ष नै टिक्छ । यो सरकार ढाल्नलाई धेरै प्रयास भइरहेका छन् । तर त्यो काम सफल हुन सक्दैन । यो सरकारलाई जनताले रुचाएका छन् । सरकारले पनि जनमुखि काम गर्दै आएको छ”, उहाँले भन्नुभयो । भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा सबै लाग्न जरुरी रहेको उहाँको भनाइ थियो । रासस