२० भाद्र २०८३, शनिबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन



अ+ अ-

दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको भैरवी गाउँपालिका–१ स्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गर्नुभएको छ ।

झुलाघाट–चिवाभङ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा दैलेख पुग्नु भएका अध्यक्ष ओलीले दुल्लु पुगेर आज बिहान पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गर्नुभएको हो । उहाँले पेट्रोलियम पदार्थ उत्खननका बारेमा जानकारी लिनुका साथै श्रीस्थान मन्दिरको पनि दर्शन पनि गर्नुभएको छ ।

एमालेले झुलाघाट–चिवाभञ्ज्याङ: समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत आज दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभाको आयोजना गरेको छ ।