२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले नै मन्त्रीमण्डल पुनः गठनको सम्भावना छैनः प्रधानमन्त्री



तस्बिरः रासस
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनः गठनको सम्भावना नरहेको बताउनुभएको छ ।

आईतवार युएई भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रीमण्डल पुनःगठनबारे गठबन्धनभित्र छलफल नै नभएको स्पष्ट पार्नुभयो । उहाँले मन्त्रीमण्डल पुनःगठन बाहिर हल्ला फिजाउनका लागि मात्रै भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रीमण्डल पुनःगठन हुन्छ । को मन्त्री हट्छ, को आउँछ, गृहमन्त्री हट्ने भन्नेकुरा धेरै भयो । तर अहिले कुनै त्यस्तो हामीले गठबन्धन भित्र छलफल पनि छैन, कुरा पनि छैन, सोचिएको पनि छैन, म आफैँ प्रधानमन्त्री छु, मेरो दिमागमै छैन । त्यसकारण यो कुरा हल्लामात्रै हो, सत्यता छैन ।’

प्रधानमन्त्री दाहालले दुबई भ्रमणका क्रममा दुबई जानबाट वञ्चित भएका ३१ जना यात्रुहरु छुटेकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले आफूलाई दुई घण्टा अघि सार्दा सो यात्रुहरु छुट्छन् भन्ने जानकारी भए तोकिएको समयमै आफू जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यदी मलाई दुई २ घण्टा अघि सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म दुई घण्टा छिटो जाँदिन थिएँ, जुन समय हो त्यही समयमा जान्थेँ । उहाँ पुगेपछि मेरो कारणले दुई घण्टा छिटो ल्याउन खोज्दा छुटेको भन्ने थाहा पाएँ ।’

प्रधानमन्त्री दाहालले समग्रमा कोप २८ मा नेपालको तर्फबाट महत्वपूर्ण प्रश्ताव र कुरा राखेको बताउनु भयो ।