१० श्रावण २०८३, आईतवार
,
Latest
रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको… सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुँदै



अ+ अ-

काठमाडौँ । सैनिक श्रीमती सङ्घको सक्रियतामा निकट भविष्यमा काठमाडौँमा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुने भएको छ ।

सैनिक श्रीमती सङ्घको ४०औँ वार्षिकोत्सवका अवसरमा जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो । त्यस अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सङ्घको वार्षिक मुखपत्र ‘सेवा सुमन’को विमोचन गर्नुभयोे ।

प्रधान सेनापतिले मुखपत्रमा उत्कृष्ट लेखरचनाका सर्जक तथा मूल्याङ्कन समितिका सदस्यहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।

सङ्घले यस वर्ष बाल दिवसको उपलक्ष्यमा आयोजना गरेको अन्तरसैनिक महाविद्यालय चित्रकला, कविता तथा निबन्ध प्रतियोगिताका उत्कृष्ट छात्रछात्रा एवं प्रतियोगिताहरूका मूल्याङ्कन समितिका सदस्यहरूलाई पनि प्रधान सेनापतिले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

सोही अवसरमा प्रधानसेनापतिले सङ्घले हरेक वर्ष सैनिक महाविद्यालयहरूमा अध्ययनरत जेहेन्दार छात्रछात्राहरूलाई उपलब्ध गराउने विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गर्नुभयो । त्यसैगरी, उहाँले नेपाली सेनाका फरक क्षमता भएका बालबालिकाहरूलाई लक्षित गरी सञ्चालन गर्न लागिएको फरक क्षमता दिवा विद्यालय सञ्चालनार्थ विविध सहयोग पु¥याउनु हुने सङ्घसंस्थाहरूलाई कदरस्वरूप उपहार प्रदान गर्नुभयो ।

कार्यक्रममा बलाध्यक्ष रथी सीताराम खड्का, रथीवृन्द, सङ्घका पदाधिकारीहरू, सैनिक महाविद्यालयहरूका प्राध्यापक, छात्रछात्राहरूलगायत अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो । रासस




भर्खरै