४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलोपटक विदेशी खेलाडीसहित टेबल टेनिसको लिग प्रतियोगिता हुँदै



अ+ अ-

काठमाडौँ । नेपालमा पहिलो पटक विदेशी खेलाडी सम्मिलित टेबल टेनिसको सर्वाधिक धनराशिको नगद पुरस्कारसहित प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय टेबल टेनिस च्याम्पियन नविता श्रेष्ठद्वारा सञ्चालित च्याम्पियन्स टेबल टेनिस एकेडेमी प्रा.लि.को आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । आगामी मंसिर १९ गतेदेखि २३ गतेसम्म स्ट्याग ग्लोवल च्याम्पियन्स लिग २०२३ को हुँदैछ । सो प्रतियोगिताका खेलहरू लैनचौस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र हुनेछ । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीयसहित ९ टोलीका खेलाडी प्रतिष्पर्धा गर्ने तय भएको छ ।

तीमध्ये पाँच टोलीले भने विदेशी खेलाडी समावेश गरेको आयोजक च्याम्पियन्स टेबल टेनिस एकेडेमी प्रालिकी प्रवन्ध निर्देशक नविता श्रेष्ठले जानकारी दिइन् । प्रतियोगितामा पाँच टोलीले समान एक पुरुष र महिला विदेश खेलाडी राख्न पाउनेछन् । प्रतियोेगिताको विजेताले दुई लाख रुपैयाँसहित रनिङ शिल्ड पाउनेछ । उपविजेताले एक लाख र तेस्रो हुने टोली (सेमिफाइनलिस्ट) ले समान ५० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् । यो नेपालको टेबल टेनिसमा अहिलेसम्मकै सर्वाधिक धनराशिको प्रतियोगिता पनि रहेको आयोजकको दाबी छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना, एभिएम टेबलटेनिस क्लव, कान्तिपुर भ्याली पिङपङ क्लव, नगाउँ स्पोटर््स क्लव, गड स्पिन टेबलटेनिस एकेडेमी, ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लव र आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी गरी कुल ९ वटा टोलीका खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगिताका लागि अनुमानित १९ लाख रुपैयाँ खर्च हुनसक्ने आयोजकको अनुमान छ ।