• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

पहिलोपटक विदेशी खेलाडीसहित टेबल टेनिसको लिग प्रतियोगिता हुँदै



काठमाडौँ । नेपालमा पहिलो पटक विदेशी खेलाडी सम्मिलित टेबल टेनिसको सर्वाधिक धनराशिको नगद पुरस्कारसहित प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय टेबल टेनिस च्याम्पियन नविता श्रेष्ठद्वारा सञ्चालित च्याम्पियन्स टेबल टेनिस एकेडेमी प्रा.लि.को आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । आगामी मंसिर १९ गतेदेखि २३ गतेसम्म स्ट्याग ग्लोवल च्याम्पियन्स लिग २०२३ को हुँदैछ । सो प्रतियोगिताका खेलहरू लैनचौस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र हुनेछ । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीयसहित ९ टोलीका खेलाडी प्रतिष्पर्धा गर्ने तय भएको छ ।

तीमध्ये पाँच टोलीले भने विदेशी खेलाडी समावेश गरेको आयोजक च्याम्पियन्स टेबल टेनिस एकेडेमी प्रालिकी प्रवन्ध निर्देशक नविता श्रेष्ठले जानकारी दिइन् । प्रतियोगितामा पाँच टोलीले समान एक पुरुष र महिला विदेश खेलाडी राख्न पाउनेछन् । प्रतियोेगिताको विजेताले दुई लाख रुपैयाँसहित रनिङ शिल्ड पाउनेछ । उपविजेताले एक लाख र तेस्रो हुने टोली (सेमिफाइनलिस्ट) ले समान ५० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् । यो नेपालको टेबल टेनिसमा अहिलेसम्मकै सर्वाधिक धनराशिको प्रतियोगिता पनि रहेको आयोजकको दाबी छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना, एभिएम टेबलटेनिस क्लव, कान्तिपुर भ्याली पिङपङ क्लव, नगाउँ स्पोटर््स क्लव, गड स्पिन टेबलटेनिस एकेडेमी, ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लव र आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी गरी कुल ९ वटा टोलीका खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगिताका लागि अनुमानित १९ लाख रुपैयाँ खर्च हुनसक्ने आयोजकको अनुमान छ ।