१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

माधव नेपाल पक्षधरको स्थायी कमिटी बैठक बस्दै

माधव नेपाल पक्षधरको स्थायी कमिटी बैठक बस्दै
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीबाट चार नेतालाई पार्टी सदस्यबाट निलम्बन गरिएपछिको रणनीति बनाउन स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ । आज बस्ने माधव नेपाल पक्षधर स्थायी कमिटी बैठकपछि अब के गर्ने भन्ने बारे ठोस नीति तय हुने बताइएको छ । देशब्यापी पार्टी पुनर्गठनको अभियान चलिरहेको र आज स्थायी कमिटीको बैठकले थप घोषणा गर्ने नेता युवराज ज्ञवालीले बताए ।

एमालेले साबिकका पदाधिकारी र स्थायी कमिटी भंग गरी महाधिवेशन आयोजक समिति बनाइसकेको छ । तर माधव नेपाल पक्षले त्यसलाई मानेको छैन । नेपाल पक्षमा तत्कालीन एमाले स्थायी कमिटीका ११ जना सदस्य छन् । झलनाथ खनाल, माधव नेपाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपानेसहितको बैठक बस्न लागेको हो । बैठकमा अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा पनि सहभागी हुनेछन् ।

स्रोतका अनुसार अब एमालेमा ओलीसँगै रहन नसकिने निष्कर्षमा धेरै नेता पुगेका छन् । कतिपयले अझै पनि एकताको प्रयास जारी राखेका छन् । गोकर्ण विष्ट, योगेश भट्टराईहरु पार्टी एकता जोगाउने प्रयासमा छन् । माधव नेपालले भने अब शुरुमा एमाले पुनर्गठन अभियानका नाममा तलदेखि माथिसम्म कमिटीहरुमा कार्यकर्ता संगठित गरेर एक महिनापछि अलग पार्टी दर्ताको मनस्थिति बनाएका छन् । त्यसपछि प्रचण्ड,मोहन वैद्य लगायतका समूहसँग एकताको पहल गरिने नेपालको भनाइ छ ।

नेपाल पक्षले विहीवारमात्र माधव नेपालकै उपस्थितिमा गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ । भोजपुर, अर्घाखाँची, गोरखामा कमिटी त्यसअघि नै गठन भइसकेको छ भने शनिवार उदयपुरमा घोषणा हुने नेता जगन्नाथ खतिवडाले बताए ।