२० माघ २०८१, आईतवार
,
Latest
आयोजक टाइगर ग्रुपले जित्यो टाइगर कपको उपाधि निर्माण व्यवसायीको अघिल्लो वर्षको भुक्तानी बाँकी छैन, कानून बमोजिम दाबी भुक्तानी पनि रोकिँदैनः अर्थमन्त्री पौडेल राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण सरकारले जनताको पक्षमा काम गरिरहेको छः सांसद बिसी नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य क्यानाडाले मङ्गलबार अमेरिकामाथि जवाफी भन्सार महसुल लगाउने: ट्रुडो अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो म्याग्दीका जिसस प्रमुख सहकारी ठगी आरोपमा पक्राउ बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला जनकपुरमा व्यवसायीमाथि रड प्रहार गरी निर्घात कुटपिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमाद एफएमद्वारा आयोजित देउसी भैलोबाट सङ्कलित रकम दीर्घरोगीलाई सहयोग



अ+ अ-

तनहुँ । भिमाद एफ.एम १००.९ मेगाहर्जले देउसी भैलोबाट संकलित रकम सहयोग गरेको छ । कार्तिक २६ देखि ३० गतेसम्म मौनता ब्याण्ड र स्थानीय कलाकारहरुको सहभागितामा आयोजित देउसी भैलो कार्यक्रमबाट संकलित १५ हजार रुपैयाँ दीर्घरोगीलाई सहयोग गरिएको हो ।

कला, संस्कृति र चाडपर्वको मौलिकतालाई जोगाउने मुख्य उद्देश्य सहित आयोजित देउसी भैलो कार्यक्रमबाट संकलित रकम भिमाद नगरपालिका वडा नं-२ अकला प्रगतिशिल टोल निवासी क्यान्सर पिडित लोक मायाँ थापालाई ५ हजार, सवारी दुघर्टनामा घाइते भई प्यारालाइसिस भएका भिमाद नगरपालिका वडा नं-२ हैदगा निवासी बेल बहादुर सार्कीलाई ५ हजार रबौदीकाली गाउँपालिका वडा नं स्थायी घर भई हाल भिमाद नगरपालिका वडा नं-६ मालेबगर निवासी राजु कुमार सुनारलाई ५ हजार सहयोग गरिएको भिमाद एफएम १००.९ मेगाहर्जका अध्यक्ष मिलन आलेले जानकारी दिए ।

सुनार २१ महिना पहिले सवारी दुघर्टनामा परी मेरुदण्ड पक्षघात भई उपचारको क्रममा रहेका छन् । भिमाद एफएमले गरेको सहयोगले उपचारमा केही राहत हुने बिरामीहरुका आफन्तले बताएका छन् ।

सो अवसरमा एफएमका अध्यक्ष मिलन आले, उपाध्यक्ष ध्रुव राज सुवेदी लगायतले आगामी दिनहरुमा समेत यस्तै सामाजिक कार्यहरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

जाजरकोटका भूकम्प पिडितको लागि समेत सहयोग गर्ने भिमाद एफएमको तयारी छ ।