१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडानका लागि विशेष प्रयास गरिने

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडानका लागि विशेष प्रयास गरिने
(तस्बिरः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल/रासस)
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तरराष्ट्रिय उडान गर्ने कामलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ ।

नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट ९नाट्टा० लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसँगसँग आज मन्त्रालयमा मन्त्री किरातीले सो विमानस्थलमा अन्तरराष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले प्रत्येक उडानको रु पाँच लाख प्रोत्साहनस्वरुप दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भैरहवा र पोखराबाट अन्तरराष्ट्रिय उडान जतिसक्दो छिटो गर्नेगरी हामी लागिरहेका छौँ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई प्रोत्साहनस्वरुप रु पाँच लाख प्रत्येक उडानको दिने तयारी गरिरहेका छौँ ।”

मन्त्री किरातीले नेपाल वायु सेवा निगमको जहाज भैरहवा पठाउन मन्त्रालय तयार रहेको बताउनुभयो । “हामीसँग जहाज कम छन् तर भैरहवा र पोखराबाट उडान नगरी हँुदैन । त्यसका लागि हामी तयार छौँ, तपाईंहरुजस्तो पर्यटन व्यवसायीले सकारात्मक सहयोग गर्नुहोस् ।”

उहाँले राज्यको ४३ अर्बभन्दा बढी लगानी भएको भैरहवास्थित गौतमबुद्ध विमानस्थल र त्यही विमानस्थल देखेर ६५/७० अर्ब लगानी गरेको निजी क्षेत्रका बारेमा सरकार चिन्तित रहेको समेत बताउनुभयो ।

मन्त्रीसँगको छलफलमा नाट्टा लुम्बिनीका अन्तरराष्ट्रिय हवाई यातायात समन्वय समितिका संयोजक सञ्जीव जोशीले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडानको थालनी तत्काल गर्न माग गर्नुभयो ।

नाट्टा लुम्बिनीका तर्फबाट नौबुँदे ज्ञापनपत्र बुझाउँदै निवर्तमान अध्यक्ष सागर अधिकारीले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका लागि नेपाल वायुसेवा निगमको जहाजले थालनी गर्नुपर्नेमा जोड दिनुभयो । अधिकारिले भन्नुभयो, “नेपाल वायुसेवा निगमको जहाज भैरहवा– दिल्ली, भैरहवा–काठमाडौँ सुरु गराउनूस् हामी सिट भरेर पठाउँछौँ ।”

नाट्टा लुम्बिनीको प्रतिनिधिमण्डलले आज नै नेपाल वायुसेवा निगमका नायब महाप्रबन्धक  जनकराज  कालाखेतीलाई समेत  ज्ञापनपत्र बुझाएको छ । रासस