• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने ★   नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी ★   चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छ: उपकुलपति बस्नेत ★   सुनसान जंगलमा भूतको जस्तो आवाज किन र कहाँबाट आउँछ ? ★   बाफलमा आगलागी: तीन जनाको अवस्था गम्भिर ★   ४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर ★   खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी ★   सन्दीपबारे रचना रिमाल – दोषी भए कानुन अनुसार सजाय देउ निर्दोष भए विश्वकप खेल्न देउ ★   संसदीय समितिलाई प्रभावकारी बनाउनेतर्फ सबै लाग्नुपर्छ: सांसद सर्वेन्द्रनाथ शुक्ला ★   दिनेश कार्तिकले विराट कोहलीलाई ‘ओरेन्ज क्याप’ लगाइदिएपछि…

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने



काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ । निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

“अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आजदेखि लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुका लागि हरेक आन्तरिक उडानमा पहिलो दुई जना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ”, निगमले भनेको छ ।

उक्त सुविधाका लागि सम्बन्धित यात्रुले सक्कल परिचय पत्रसहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने निगमको भनाइ छ ।