७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

‘यदि धोनीले सन्यास लिए भने आईपीएल २०२५ मा ऋषभ पन्तले चेन्नईको कप्तानी गर्नेछन्’

‘यदि धोनीले सन्यास लिए भने आईपीएल २०२५ मा ऋषभ पन्तले चेन्नईको कप्तानी गर्नेछन्’
अ+ अ-

एजेन्सी । भारतीय पूर्व क्रिकेटर दीप दासगुप्ताले ठूलो दाबी गर्दै सबै क्रिकेट फ्यानलाई चकित पारेका छन् । दीप दासगुप्ता विश्वास गर्छन् कि यदि महेन्द्र सिंह धोनीले आईपीएलबाट सन्यास लिए भने, ऋषभ पन्तलाई आईपीएल २०२५ मा चेन्नई सुपर किंग्सको नेतृत्वमा देख्न सकिनेछ ।

विश्वकपको फिभर सकिएपछि आईपीएलको रंगले क्रिकेट फ्यानहरूलाई प्रभावित पार्न थालेको छ । हालसालै सबै फ्रेन्चाइजीहरूले आफ्ना रिटेन र रिलिज खेलाडीहरूको सूची सार्वजनिक गरेका छन् । अहिलेसम्म देखिएको सबैभन्दा ठूलो परिवर्तन भनेको गुजरात टाइटन्स छाडेर हार्दिक पाण्ड्या मुम्बई इन्डियन्समा फर्किएका छन् ।

दीप दासगुप्ताको ठूलो बयान


यसै क्रममा पूर्व भारतीय क्रिकेटर दीप दासगुप्ताको एउटा ठूलो बयान चर्चामा छ । वन क्रिकेटसँग कुरा गर्दै दीप दास गुप्ताले सीएसकेमा एमएस धोनीको ठाउँमा ऋषभ पन्त आउने बताएका छन् । उनले भने कि ऋषभ पन्त आईपीएल २०२५ मा चेन्नई सुपर किंग्सको कप्तानीमा देखिनेछन् ।

दीप दासगुप्ताले भने, ‘आईपीएल २०२५ मा ऋषभ पन्तलाई पाएमा अचम्म नमान्नुस् । एमएस धोनी र ऋषभ पन्त एकदमै नजिक छन् । पक्कै पनि ऋषभले एमएस मन पराउँछन् र एमएस पनि उनलाई धेरै मन पराउँछन् । उनीहरु सँगै धेरै समय बिताउँछन् । उनीहरुको सम्बन्ध र ऋषभको सोंच धेरै मिल्दोजुल्दो छ ।’

ऋषभ पन्त डिसेम्बर २०२२ मा कार दुर्घटना पछि पुनर्वासमा छन् । उनी छिटो निको भइरहेका छन् । आईपीएल २०२३ बाट बाहिरिएपछि पन्त पुनरागमन गर्न आतुर छन् । दिल्ली क्यापिटल्सका क्रिकेट निर्देशक सौरभ गांगुलीले नोभेम्बर ९ मा पन्त राम्रो अवस्थामा रहेको र आईपीएल २०२४ मा टोलीको नेतृत्व गर्ने बताएका थिए ।