१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा सात दशमलव २९ अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक सात दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ५१ दशमलव २३ को बिन्दुमा सीमित भएको छ ।

आज विभिन्न दुई सय ९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता शेयर ३६ हजार नौ सय ७७ पटक खरिदबिक्री हुँदा रू ९६ करोड ४० लाख १० हजार चार सय ३१ बराबरको कारोबार भएको छ ।

लघुवित्त समूहमा शून्य दशमलव ०६ प्रतिशतको वृद्धि देखिएको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै म्युचुअल फन्ड समूह एक दशमलव २५ र वित्त समूह शून्य दशमलव ५५ प्रतिशतले घटेको छ ।

सबैभन्दा धेरै थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ६३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल लिमिटेड र युनाईटेड आइडिआई मर्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू छ करोड ९५ लाख २९ हजार दुई सय ७० बराबरको दुई लाख ३६ हजार सात सय ८८ कित्ता शेयर किनबेच भएको छ ।रासस