• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

‘एजुकेटिङ फर पिस थ्रु काउण्टरिङ भायोलेन्स’ पुस्तक सार्वजनिक



काठमाडौं । पछिल्लो समय विश्वभर विभिन्न वहानामा हिंसा भड्किरहेका बेला ‘हिंसाको प्रतिरोधमार्फत शान्तिको लागि शिक्षा’ (एजुकेटिङ फर पिस थ्रु काउण्टरिङ भायोलेन्स) नामक पुस्तक सार्वजनिक भएको छ ।

विशेष गरेर शान्ति मार्फत हिंसालाई परास्त गर्नका लागि विश्वभर भईरहेका प्रयास र सफलताका कथाहरु सो पुस्तकमा समावेश गरिएको छ । शिक्षामा शान्ति र अहिंसाका रणनीतिहरूको कार्यान्वयन मार्फत हिंसाको प्रतिरोध गर्ने सन्देश पुस्तकमा दिईएको छ ।

आईतवार ललितपुरमा एक कार्यक्रमबीच सार्वजनिक भएको पुस्तकमा अन्याय, भेदभाव र पूर्वाग्रह जस्ता द्वन्द्वहरूको पहिचान र शान्तिकामी सन्देशको प्रवाहबारे उल्लेख छ । विभिन्न १० मुलुकका दृष्टान्त समेटिएको पुस्तकमा शान्ति स्थापनार्थ चाल्नुपर्ने सैद्धान्तिक र व्यवहारिक पक्षलाई लेखहरु मर्फत समेटिएको छ । राजनीतिक विश्लेषक विष्णुराज उप्रेतीले शिक्षाको माध्यमबाट हिंसा न्युनिकरण गरि शान्ति प्रवद्र्धन गर्ने शैलीलाई पुस्तकले अंगिकार गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खासगरी शिक्षाको माध्यमबाट हिंसालाई कसरी न्युनिकरण गर्ने र शान्तिलाई कसरी प्रवद्र्धन गर्ने भन्ने बारेमा विभिन्न १० देशका प्रमाणहरुसहित सैद्धान्तिक, व्यवहारिक सबै पक्षलाई समेटेर अन्तर्राष्ट्रिय रुपमा ल्याएको यो पुस्तक आफैमा नयाँ खालको अभ्यास हो । यो अमेरिकन प्रोफेसर र नेपालमा शान्तिका अनुसन्धानकर्ता डाक्टर राजकुमार ढुंगाना द्धारा सम्पादित बुक हो । यो अलि महंगो छ । अंग्रेजीमा सबैको पहुँच हुँदैन । यसलाई नेपालीमा र सस्तो मूल्यमा ल्याउन सकियो भने शान्ति सम्बन्धी अनुसन्धान कर्ता, अभ्यासकर्ताहरु सबैको लागि अत्यन्त महत्वपूर्ण सन्र्दभ सामाग्री बन्ने छ । पुस्तकमा धार्मिक आस्थाका कारणले शाीन्त स्थापना गर्न सकिन्छ भन्ने मान्यतालाई अघि बढाउने प्रयास गरेको देखिन्छ । ’

विश्व शान्तिको आधारभूत पक्ष देखि व्यवहारिक सीप संगै भविश्यको मार्गदर्शन पनि पुस्तकमा पाईन्छ । पुस्तकका सम्पादक मध्येका एक जना डाक्टर राजकुमार ढुंगानाले निराश भइरहेको विश्वलाई शिक्षाको माध्यमबाट आशा जगाउने सन्देश पुस्तकमा दिईएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ वातावरणीय प्रदुषण, वातावरणको विनाशको कुरादेखि संसारमा बढीरहेको हिंसाबाट मानिसमा निराशा फैलिएको छ, त्यसबाट कसरी आशा जगाउने भन्नेकुरा पुस्तकमा छ । शान्तिको लागि भएका कामहरुको सफलताको कथाहरु छन् । उनीहरुले के काम गर्दा कुन तरिकाले पढाउँदा शान्ति प्रवद्र्धन गर्न सकिन्छ भन्नेकुरा समेटिएको छ ।’

पुस्तकमा विभिन्न १६ वटा च्याप्टरमा ३१ जना लेखकका लेखहरु समावेश गरिएको छ । १ सय ३० अमेरिकी डलर मुल्य रहेको सो पुस्तक अनलाइनबाट भने ३५ डलरमा पढ्न सकिन्छ ।