१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

‘एजुकेटिङ फर पिस थ्रु काउण्टरिङ भायोलेन्स’ पुस्तक सार्वजनिक

‘एजुकेटिङ फर पिस थ्रु काउण्टरिङ भायोलेन्स’ पुस्तक सार्वजनिक
अ अ+ अ-

काठमाडौं । पछिल्लो समय विश्वभर विभिन्न वहानामा हिंसा भड्किरहेका बेला ‘हिंसाको प्रतिरोधमार्फत शान्तिको लागि शिक्षा’ (एजुकेटिङ फर पिस थ्रु काउण्टरिङ भायोलेन्स) नामक पुस्तक सार्वजनिक भएको छ ।

विशेष गरेर शान्ति मार्फत हिंसालाई परास्त गर्नका लागि विश्वभर भईरहेका प्रयास र सफलताका कथाहरु सो पुस्तकमा समावेश गरिएको छ । शिक्षामा शान्ति र अहिंसाका रणनीतिहरूको कार्यान्वयन मार्फत हिंसाको प्रतिरोध गर्ने सन्देश पुस्तकमा दिईएको छ ।

आईतवार ललितपुरमा एक कार्यक्रमबीच सार्वजनिक भएको पुस्तकमा अन्याय, भेदभाव र पूर्वाग्रह जस्ता द्वन्द्वहरूको पहिचान र शान्तिकामी सन्देशको प्रवाहबारे उल्लेख छ । विभिन्न १० मुलुकका दृष्टान्त समेटिएको पुस्तकमा शान्ति स्थापनार्थ चाल्नुपर्ने सैद्धान्तिक र व्यवहारिक पक्षलाई लेखहरु मर्फत समेटिएको छ । राजनीतिक विश्लेषक विष्णुराज उप्रेतीले शिक्षाको माध्यमबाट हिंसा न्युनिकरण गरि शान्ति प्रवद्र्धन गर्ने शैलीलाई पुस्तकले अंगिकार गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खासगरी शिक्षाको माध्यमबाट हिंसालाई कसरी न्युनिकरण गर्ने र शान्तिलाई कसरी प्रवद्र्धन गर्ने भन्ने बारेमा विभिन्न १० देशका प्रमाणहरुसहित सैद्धान्तिक, व्यवहारिक सबै पक्षलाई समेटेर अन्तर्राष्ट्रिय रुपमा ल्याएको यो पुस्तक आफैमा नयाँ खालको अभ्यास हो । यो अमेरिकन प्रोफेसर र नेपालमा शान्तिका अनुसन्धानकर्ता डाक्टर राजकुमार ढुंगाना द्धारा सम्पादित बुक हो । यो अलि महंगो छ । अंग्रेजीमा सबैको पहुँच हुँदैन । यसलाई नेपालीमा र सस्तो मूल्यमा ल्याउन सकियो भने शान्ति सम्बन्धी अनुसन्धान कर्ता, अभ्यासकर्ताहरु सबैको लागि अत्यन्त महत्वपूर्ण सन्र्दभ सामाग्री बन्ने छ । पुस्तकमा धार्मिक आस्थाका कारणले शाीन्त स्थापना गर्न सकिन्छ भन्ने मान्यतालाई अघि बढाउने प्रयास गरेको देखिन्छ । ’

विश्व शान्तिको आधारभूत पक्ष देखि व्यवहारिक सीप संगै भविश्यको मार्गदर्शन पनि पुस्तकमा पाईन्छ । पुस्तकका सम्पादक मध्येका एक जना डाक्टर राजकुमार ढुंगानाले निराश भइरहेको विश्वलाई शिक्षाको माध्यमबाट आशा जगाउने सन्देश पुस्तकमा दिईएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ वातावरणीय प्रदुषण, वातावरणको विनाशको कुरादेखि संसारमा बढीरहेको हिंसाबाट मानिसमा निराशा फैलिएको छ, त्यसबाट कसरी आशा जगाउने भन्नेकुरा पुस्तकमा छ । शान्तिको लागि भएका कामहरुको सफलताको कथाहरु छन् । उनीहरुले के काम गर्दा कुन तरिकाले पढाउँदा शान्ति प्रवद्र्धन गर्न सकिन्छ भन्नेकुरा समेटिएको छ ।’

पुस्तकमा विभिन्न १६ वटा च्याप्टरमा ३१ जना लेखकका लेखहरु समावेश गरिएको छ । १ सय ३० अमेरिकी डलर मुल्य रहेको सो पुस्तक अनलाइनबाट भने ३५ डलरमा पढ्न सकिन्छ ।