२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरिना इम्पेक्सको सुटमा क्रिकेट खेलाडी



अ+ अ-

काठमाडौं । टी-२० विश्वकप छनोटमा सहभागी खेलाडी र पदाधिकारीलाई सुटको घोषणा गरेको मेरिना इम्पेक्सले सुट उपलब्ध गराएको छ ।

इम्पेक्सले नेपाल क्रिकेट संघमा आबद्ध नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र क्यानका बोर्ड सदस्यहरुलाई सुट उपलब्ध गराउने सम्झौता गरेको थियो ।

खेलाडीहरु कुशल भुर्तेल, अबिनाश बोहोरा लगायतले सुट लग्नु भएको मेरिना इम्पेक्स सामाखुसीका ईञ्चार्ज रामप्रसाद अर्याले जानकारी दिनुभयो ।

मेरिना इम्पेक्सले उच्च गुणस्तरका ४० जोर सुट क्यानलाई उपलब्ध गराउने सम्झौता गरेको थियो । बिगत ४१ बर्ष देखी सर्टिङ सुटिङको व्यवसाय गदै आएको इम्पेक्सले सामाजिक उत्तरदायीत्व अन्तरगत सहयोग उपलब्ध गराउन लागेको जनाएको छ ।