• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

रणवीरको ‘एनिमल’ले दुई दिनमै कमायो १३१ करोड



एजेन्सी । शुक्रबारदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आएको रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

फिल्मलाई लिएर मिश्रित प्रतिक्रियाहरु आइरहेको भएपनि फिल्मको कमाईमा भने उछाल आइरहेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले ओपनिङ डे अर्थात् शुक्रबार ५४.७५ करोड र शनिबार ५८.३७ करोडको कलेक्शन गरेको थियो । यो कमाई हिन्दी भर्सनमा मात्र रहेको छ ।

यस्तै, साउथ इन्डियन भाषामा फिल्मले शुक्रबार ९.०५ र शनिबार ८.९० गरी १७.९५ करोडको कमाई गरेको छ । यसरी फिल्मले सबै भाषामा गरी १३१.०७ करोडको कमाई गरेको छ ।

एनिमलमा रणवीर कपूर बाहेक अनिल कपुर, बबी देओल र रश्मिका मन्दानाको पनि अभिनय रहेको छ । यो सन्दीप रेड्डी वांगा द्वारा निर्देशित फिल्मले आफ्नो बुबाको हत्या प्रयासको बदला लिने एक ‘पागल’ छोराको कथा बताउँछ ।