६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगलागी



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा अचानक धुवाँ निस्किएपछि केहीबेर खलबली भएको छ ।

चिनियाँ नागरिक जियान जिङ्गले बोकेको ह्याण्ड ब्यागमा आगो लागेको विमानस्थल सुरक्षार्थमा खटिएका प्रहरीले बताए ।

आज बिहान चिनियाँ एयरबाट चीनको ताइफु जान लागेकी जियान यात्रु बोर्डिङ पास लिएर प्रतीक्षा हलमा बसेकी थिइन् । ब्यागमा एक्कासी धुवाँ देखिएपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए ।

स्टेरलाइज हलमा झोलामा रहेको पावर बैंक पड्केर आगो लागेको प्रहरीले बतायो । आगलागीबाट पावर बैंक र साथमा रहेको ल्यापटपमा क्षति पुगेको छ ।