• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

सैंबु खुला ब्याडमिन्टनका खेल जारी



ललितपुर: सैंबु ब्याडमिन्टन सर्कलको आयोजना तथा ललितपुर महानगरपालिका वडा नं. १८ को सहयोगमा शनिबारदेखि ललितपुर महानगरपालिका वडा नं. १८ को मगरगाउँमा सुरू भएको दोस्रो सैंबु खुला ब्याडमिन्टन प्रतियोगिताका खेलहरू आज पनि जारी रहेका छन् ।

आजको पहिलो खेलमा राजाराम थापा र राम बहादुर कार्कीको जोडीले डा गोपी अर्याल र ओम बहादुर खड्काको जोडीलाई २१-१७, २३-२१ तथा २०-२२ को अन्तरले पराजित गरेको थियो ।

यसैगरी, अनिल थापा र प्रकाश बहादुर केसीको जोडीले धिरज थापा र अर्जुन शाहीको जोडीलाइ २३-२१ र २१-१६ को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै, तेस्रो खेलमा राजेश थापा मगर र पुरूषोत्तम थापाको जोडीले मधुसुदन थापा र शैलेन्द्र थापाको जोडीलाई २१-१३ र २१-१५ ले पराजित गरेको सर्कलले जनाएको छ ।

यस्तै अर्को खेलमा श्याम ठकुरी र ओमकार गुरूङको जोडीले कृष्ण सिलवाल र विष्णु ठकुरीको जोडीलाई २१-१६ र २१-७ को सोझो सेटमा हराएको थियो ।

यो प्रतियोगिता यही मंसिर २३ गतेसम्म संचालन हुनेछ । खेल नकआउटका आधारमा भइरहेको छ ।

उक्त प्रतियोगिताको उदघाटन ललितपुर महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दामोदर खड्काले गर्नु भएको थियो ।