२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैंबु खुला ब्याडमिन्टनका खेल जारी



अ+ अ-

ललितपुर: सैंबु ब्याडमिन्टन सर्कलको आयोजना तथा ललितपुर महानगरपालिका वडा नं. १८ को सहयोगमा शनिबारदेखि ललितपुर महानगरपालिका वडा नं. १८ को मगरगाउँमा सुरू भएको दोस्रो सैंबु खुला ब्याडमिन्टन प्रतियोगिताका खेलहरू आज पनि जारी रहेका छन् ।

आजको पहिलो खेलमा राजाराम थापा र राम बहादुर कार्कीको जोडीले डा गोपी अर्याल र ओम बहादुर खड्काको जोडीलाई २१-१७, २३-२१ तथा २०-२२ को अन्तरले पराजित गरेको थियो ।

यसैगरी, अनिल थापा र प्रकाश बहादुर केसीको जोडीले धिरज थापा र अर्जुन शाहीको जोडीलाइ २३-२१ र २१-१६ को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै, तेस्रो खेलमा राजेश थापा मगर र पुरूषोत्तम थापाको जोडीले मधुसुदन थापा र शैलेन्द्र थापाको जोडीलाई २१-१३ र २१-१५ ले पराजित गरेको सर्कलले जनाएको छ ।

यस्तै अर्को खेलमा श्याम ठकुरी र ओमकार गुरूङको जोडीले कृष्ण सिलवाल र विष्णु ठकुरीको जोडीलाई २१-१६ र २१-७ को सोझो सेटमा हराएको थियो ।

यो प्रतियोगिता यही मंसिर २३ गतेसम्म संचालन हुनेछ । खेल नकआउटका आधारमा भइरहेको छ ।

उक्त प्रतियोगिताको उदघाटन ललितपुर महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दामोदर खड्काले गर्नु भएको थियो ।