२२ पुष २०८१, सोमबार
,
Latest
‘क्यानडाका प्रधानमन्त्री ट्रुडोले यसै साता राजीनामा दिने’ राज्य व्यवस्था समितिमा ९२ उजुरी, अध्ययन गर्न उपसमिति गठन गरिने संघीय ढाँचाअनुसार वित्त व्यवस्थापन प्रभावकारी बनाउन आवश्यकः अर्थमन्त्री पौडेल अभिनेता राघव तिवारीमाथि ज्यान जानेगरी कुटपिट मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबलाई नजरबन्दमा राखिने लोकतन्त्रको सृदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने: राष्ट्रपति पौडेल लेखा समिति सभापतिका पूर्व स्वकीय सचिव पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भारतको अबको टेस्ट कप्तान को ? मयनको शतकमा मधेशले बागमतीलाई दियो १६४ रनको लक्ष्य एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव जित्न मान्छे मार्नेहरु सरकारमा छन्: ओली



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्न मान्छे मार्नेहरु सरकारमा पुगेको आरोप लगाएका छन् । समृद्धिको लागि संकल्प यात्राअन्तर्गत अछामको विनायकमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले चुनाव जित्नको लागि मानिस मार्न समेत पछि नपर्ने संस्कृति अपराध मात्र नभएर अति घिनलाग्दो संस्कृति विकास भएको बताए ।

ओलीले अछामका विनोद शाहीलाई बेपत्ता बनाइ हत्या गरिएकोमा खेद व्यक्त गर्दै एउटा होनहार युवाको हत्या गरेर अत्यन्तै घिनलाग्दो काम गरिएको बताए । उनले भने ‘ एउटा मान्छे मारेर चुनाव जित्ने संस्कृति भनेको घिनलाग्दो हो । म विनोद शाहीलाई शहीद घोषणा गर्दछु’। अछाम पञ्चदेवल– ४ का १५ वर्षीय विनोद ०७९ जेठ २१ गते मृत अवस्थामा भेटिएका थिए ।

अहिलेको सरकारले हत्यारालाई माफी दिने र मुद्दा चलाउन नमान्ने ओलीको आरोप छ । अदालतले सर्वश्व हरण सहित जन्म कैद गरेकालाई तुरुन्त मुद्दा फिर्ता लिने काम सरकारले गरेको उनको भनाई छ ।