• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा एक लाख २० हजार नाघ्यो



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आईतबार सूनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज एकै दिन प्रतितोला एक हजार आठ सयले बढेर सुनको मूल्य तोलामा एक लाख २० हजार नाघेको छ ।

आज छापावाल सुन प्रतितोला एक हजार आठ सय रुपैयाँले बढ्दै हालसम्म कै उच्च मूल्य एक लाख २० हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार मात्रै नयाँ रेकर्ड बनाउदै सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो कारोबार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आईतबार तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आईतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैँयाले बढेर १५ सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।