२४ श्रावण २०८३, आईतवार
,
Latest
प्राप्त अधिकार संस्थागत गर्दै पुस्तान्तरण गर्नुपर्छ : मन्त्री श्रेष्ठ माडी जाने सडकको झाडी फँडानी सुरु, वन्यजन्तु र यात्रुको सुरक्षा बढ्ने अपेक्षा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र सरकारको शासकीय अराजकताबाट मुलुक आक्रान्त भएको छ, सरकार बरालिएर हिँड्योः सभापति थापा लमजुङको ङादीमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक नेपालको पहिलो ‘कमेडी एक्ट’ रियालिटी शो ‘सुपर कमेडी लिग’ को घोषणा, राजेश हमाल मुख्य निर्णायक बालेन नेतृत्वको सरकार ‘शासकीय अराजकता’मा फस्यो : गगन थापा फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल पुल बनाइँदै, बेनी–दरवाङ सडकको जोखिम घट्ने ‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रश्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा एक लाख २० हजार नाघ्यो



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आईतबार सूनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज एकै दिन प्रतितोला एक हजार आठ सयले बढेर सुनको मूल्य तोलामा एक लाख २० हजार नाघेको छ ।

आज छापावाल सुन प्रतितोला एक हजार आठ सय रुपैयाँले बढ्दै हालसम्म कै उच्च मूल्य एक लाख २० हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार मात्रै नयाँ रेकर्ड बनाउदै सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो कारोबार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आईतबार तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आईतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैँयाले बढेर १५ सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।