• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ: शेरबहादुर देउवा



लुम्बिनी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा मात्र पार्टी बलियो हुने बताउनुभएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनको आज बुटवलमा उद्घाटन गर्नुहुँदै सभापति देउवाले प्रदेश सम्मेलन पार्टी बलियो बनाउने अभियान भएको बताउनुभयो । “कांग्रेसको प्रदेश सम्मेलनले पार्टीलाई बलियो बनाउँछ, आन्तरिक लोकतन्त्र बलियो बनाउँछ”, उहाँले भन्नुभयो, “पार्टीलाई एक बनाउन लाग्नुस् मेरो आग्रह छ, पार्टी बलियो भए मात्र हामी सबै सबल हुन्छौँ ।”

सभापति देउवाले बुद्ध जन्मेको ठाउँबाट पार्टीलाई थप बलियो बनाउने सन्देश दिनुपर्नेमा पनि जोड दिँदै भन्नुभयो– “बुद्ध जन्मेको ठाउँमा छौँ, यही भूमिबाट कांग्रेसलाई बलियो बनाउने सङ्कल्प गरौँ ।”

‘राजतन्त्रको पक्षमा निस्केका आवाजबाट सर्तक हुनुपर्छ’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा राजतन्त्रको पक्षमा निस्केका आवाजबाट सर्तक हुनुपर्ने बताउनुभएको छ । उहाँले हिजोको अवस्थामा मुलुको विकासका लागि राजसंस्थाले गरेका काम र अहिलेको विकासको अवस्थाका विषयमा पनि समीक्षा गरेर समाजलाई बुझाउनुपर्ने जिम्मेवारी आएको बताउनुभयो ।

महामन्त्रीशर्माले पार्टीलाई उत्पादनमा लगाउनुपर्ने नेताका हरेक पक्षमा साथ दिन जनसङ्गठन र पार्टीलाई क्रियाशील बनाउन आग्रह गर्नुभयो । उहाँले अहिले केही पुराना र नयाँ दलहरुले मिशन २०८४ का नाममा गरेको कार्यक्रम नेपाली कांग्रेसका लागि जरुरी नभएको बताउनुभयो । उहाँले भगवान् बुद्धको आर्शिवाद भएको देशका नागरिक होऔँ भने सङ्कल्पका साथअघि बढ्न र उत्साहलाई लिएर अगाडि बढन पनि आग्रह गर्नुभयो । अब बलियो कांग्रेस बनाउन सबैको सङ्कल्प आवश्यक रहेको भन्दै देश बनाउने सङ्कल्प अब लुम्बिनीबाट सुरु गर्न आह्वान गर्नुभयो ।

पार्टी केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले पार्टी बनाउन युवाको साथ लिनुपर्ने बताउनुभयो । उहाँले गुटबन्दीका कारण सङ्गठन वा देश नबन्ने बताउँदै गुटको पछि भन्दा पनि सङ्गठन वा देशका लागि काम गर्न नेतृत्वलाई आग्रह गर्नुभयो ।

सम्मेलनमा प्रदेशका सात सय ५० बढी प्रतिनिधिको सहभागिता रहेको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिनुभयो । प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छक संस्थाका अध्यक्ष, प्रदेश पदाधिकारी, सदस्य, सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीको सम्मेलनमा सहभागिता थियो ।

प्रथम प्रदेश सम्मेलनले देशभर नयाँ सन्देश प्रवाह गर्ने लुम्बिनी प्रदेश सभापति पुनले बताउनुभयो । सम्मेलनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश हुनेछ । ती प्रतिवेदनमाथि गम्भीर छलफल गरी पार्टीको आगामी कार्यदिशा तय गर्न सुझावको निचोड निकालिने सभापति पुनले बताउनुभयो । प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्यवनको अवस्थाका बारेमा व्यापक छलफल हुने उहाँले बताउनुभयो ।रासस