• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते



गोरखा : गोरखामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छभने अन्य तीन जना घाइते भएका छन् । जिल्लाको सहिद लखन गाउँपालिका–३ स्थित सिलिङदोभान सडकखण्डमा भएको दुर्घटनामा सोही पालिकाका २९ वर्षीय पदमबहादुर थापामगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा सोही पालिका–३ का २६ वर्षीय रामबहादुर आलेमगर, तनहुँको आबुखैरेनी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप अर्याल र गोरखा नगरपालिका–१३ घर भएका ट्रयाक्टर चालक ३५ वर्षीय विश्वास गुरुङ घाइते भएका तथा उनीहरूको चितवनमा उपचार भइरहेको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राजविराजबाट प्राप्त समाचारअनुसार सप्तरीको सुरुङ्गा नगरपालिका–४ स्थित कदमाहामा ट्रकको ठक्करबाट सोही नगरपालिका–५ का ३५ वर्षीय मोहमद हारुनको घटनस्थलमा नै मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोे ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालकको मृत्यु भएको हो । ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रासस