१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारती खरेल पुरस्कार गिरिलाई



अ+ अ-

काठमाडौँ :  भारती खरेल प्रतिष्ठानले अध्यात्मसाधनामा योगदान गरेबापत डा स्वामी आत्मानन्द गिरि गलेश्वरधाम आश्रम देवघाटलाई यस वर्षको भारती खरेल पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति डा वासुदेव त्रिपाठीले उहाँलाई रु ५१ हजार राशि नगदसहितको पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो ।

साहित्यकार स्व भारती खरेलको ८६औँ जन्मजयन्ती तथा ३१औँ स्मृति दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक प्रयागराज भट्टराई वाशिष्ठले सम्मानित व्यक्तित्वको परिचय र योगदानबारे प्रकाश पार्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष शैलेन्द्र साकारले अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गजलकार प्राडा सनतकुमार वस्तीले साहित्यसेवी खरेलको सामाजसेवा र अध्यात्मसाधनामा भएको योगदानको विभिन्न पाटो पक्ष तथा प्रकाशित कृतिबारे जानकारी दिनुभयो ।

विसं १९९५ मङ्सिर १६ गते जन्मनुभएकी खरेलको विसं २०४९ साउन ४ गते निधन भएको थियो ।  विसं २०४९ मा पति समाजसेवी चद्रिकानन्द खरेल र छोरा गायक दीपक खरेललगायत पुरस्कारका लागि अक्षयकोष र प्रतिष्ठान स्थापना गर्नुभएको हो ।

प्रतिष्ठानले यसअघि विभिन्न सात संस्था, १५ साहित्यकार, चार समाजसेवी र पाँच अध्यात्मसाधकलाई यो पुरस्कार प्रदान गरिसकेको छ । स्व खरेलका गङ्गा–जमुना, एउटी आमाको कथा, भजन भारती तथा नवरत्नलगायत नौ कृति प्रकाशित छन् ।