१९ आश्विन २०८१, शनिबार
,
Latest
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’ नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीलाई ‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’ भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो लिभरपुल विजयी गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारती खरेल पुरस्कार गिरिलाई



अ+ अ-

काठमाडौँ :  भारती खरेल प्रतिष्ठानले अध्यात्मसाधनामा योगदान गरेबापत डा स्वामी आत्मानन्द गिरि गलेश्वरधाम आश्रम देवघाटलाई यस वर्षको भारती खरेल पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति डा वासुदेव त्रिपाठीले उहाँलाई रु ५१ हजार राशि नगदसहितको पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो ।

साहित्यकार स्व भारती खरेलको ८६औँ जन्मजयन्ती तथा ३१औँ स्मृति दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक प्रयागराज भट्टराई वाशिष्ठले सम्मानित व्यक्तित्वको परिचय र योगदानबारे प्रकाश पार्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष शैलेन्द्र साकारले अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गजलकार प्राडा सनतकुमार वस्तीले साहित्यसेवी खरेलको सामाजसेवा र अध्यात्मसाधनामा भएको योगदानको विभिन्न पाटो पक्ष तथा प्रकाशित कृतिबारे जानकारी दिनुभयो ।

विसं १९९५ मङ्सिर १६ गते जन्मनुभएकी खरेलको विसं २०४९ साउन ४ गते निधन भएको थियो ।  विसं २०४९ मा पति समाजसेवी चद्रिकानन्द खरेल र छोरा गायक दीपक खरेललगायत पुरस्कारका लागि अक्षयकोष र प्रतिष्ठान स्थापना गर्नुभएको हो ।

प्रतिष्ठानले यसअघि विभिन्न सात संस्था, १५ साहित्यकार, चार समाजसेवी र पाँच अध्यात्मसाधकलाई यो पुरस्कार प्रदान गरिसकेको छ । स्व खरेलका गङ्गा–जमुना, एउटी आमाको कथा, भजन भारती तथा नवरत्नलगायत नौ कृति प्रकाशित छन् ।