१० चैत्र २०८१, आईतवार
,
Latest
नागढुङ्गामा हाइस दुर्घटना हुँदा एकको मृत्यु, नौ घाइते सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढ रहने कांग्रेस कार्यसम्पादन समितिको निर्णय उत्पादनको मूल्य नपाउनु दक्षिण एसियाली देशका किसानको साझा समस्या आइपिएल क्रिकेटः पहिलो खेलमा हैदरावादको जित ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक गिरी सम्मानित मशानघाट विश्वकै ठूलो विश्वविद्यालय भेडाबाख्रा ओसारपसार गर्दा निरोगी प्रमाणित गर्नुपर्ने मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध संविधानप्रति पूर्ण प्रतिवद्ध छौँ ,बाहिरबाट परिवर्तन आउन सम्भव छैन: काँग्रेस सिरहामा विभेदको घटनाः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईँको आरोप: यो देशको स्वास्थ्य र शिक्षा सक्ने तोसिमा कार्कीहरु हुन्



अ+ अ-

ललितपुर । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान का संयोजक दुर्गा प्रसाईँले यो देशको स्वास्थ्य र शिक्षा सक्ने तोसिमा कार्कीहरु भएको आरोप लगाउनु भएको छ ।

लगनखेलमा आयोजित कार्यक्रममा प्रसाईँले गोविन्द केसी बोकेर नर्सिङ र प्लस टु भन्दा माथिको पढाइ नेपालमा हुन नदिने तोसिमाहरु नै भएको बताउनु भयो ।

उहाँले भन्नुभयो- ‘डा तोसिमा कार्कीकै क्षेत्रमा आएर म भन्छु, यो देशको स्वास्थ्य र शिक्षा सक्ने तोसिमा कार्की हुन् । गोविन्द केसी बोकेर नर्सिङ र प्लस टु भन्दा माथिको पढाइ नेपालमा हुन नदिने उनी नै हुन् । तोसिमाकै कारण हाम्रा चेलीबेटी बोर्डरमा गएर असुरक्षित तरिकाले नर्सिङ पढ्नु परेको छ । यो देशमा नर्स र डाक्टर पढ्न पाइँदैन यिनीहरूको कारण । अस्ति खोइ सिमेन्ट उद्योग भनेर तोसिमाले प्रश्न गरेको सुनेँ । खोइ त मेडिकल उद्योग रु तपाईँहरूले झुक्किएर उनलाई भोट दिनुभयो र धोका खानुभयो ।महाअभियानले मंसिर ७ गते देखी राजधानी केन्द्रित बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।’