• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

रुतुराज गायकवाडले टी–२० क्रिकेटमा इतिहास रचे



एजेन्सी । भारतीय टोलीका ओपनर रुतुराज गायकवाडले शुक्रबार अष्ट्रेलियाविरुद्ध रायपुरमा भएको चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा ठूलो उपलब्धि हासिल गरेका छन् । गायकवाडले चौथो टी–२० मा ३ चौका र एक छक्काको मद्दतमा २८ बलमा ३२ रन बनाए ।

योसँगै रुतुराज गायकवाड टी–२० क्रिकेटमा सबैभन्दा छिटो ४ हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका छन् । गायकवाड भन्दा पहिले यो कीर्तिमान केएल राहुलको नाममा थियो ।

गायकवाडले ११६ इनिङ्समा ४ हजार रन पुरा गरेका थिए भने राहुलले ११७ इनिङ्समा यो आँकडा पूरा गरेका थिए ।

वेस्ट इन्डिजका दिग्गज ब्याट्सम्यान क्रिस गेलले टी–२० क्रिकेटमा सबैभन्दा कम इनिङ्समा ४००० रन पूरा गर्ने कीर्तिमान बनाएका छन् । युनिभर्स बोस भनेर चिनिने गेलले मात्र १०७ इनिङ्समा ४ हजार रनको आँकडा पार गरेका थिए । गेलपछि अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान शन मार्स (११३), पाकिस्तानका पूर्व कप्तान बाबर आजम (११५) र न्यूजिल्याण्डका ओपनर डेभन कोनवे (११६) को नाम आउँछ ।