२० माघ २०८१, आईतवार
,
Latest
सागर ग्रुपले आईटी एक्स्पो गर्ने जुनेलो, फापर, गहत फलाउने किसान भएनन् नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने सांसद भट्टराईको प्रश्नः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्ने ? बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए निजी क्षेत्रको अपेक्षा भन्दा माथि गएर सरकारले नीतिगत सुधारको लागि अध्यादेश ल्यायोः वरिष्ठ उपाध्यक्ष मल्होत्रा नेपालको लगातार तेस्रो हार, नेदरल्यान्डसँग १५ रनले पराजित जिमेल एकाउन्टमा एआई प्रयोग गरेर ह्याक के यो बियोन्सेको समय हो ? सङगीतका ए–लिस्टरहरू ग्रामीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा दुई जनाको मृत्यु



अ+ अ-

लुम्बिनी । रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुवारी लुम्बिनी ककरहवा सडक खण्डमा आज बिहान स्कुल बसको ठक्करबाट सोही ठाउँका २१ वर्षीय मोहम्मद इरसाद र १६ वर्षीया रुबिना खातुनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभयो । दुर्घटनामा १७ वर्षीया अप्सना खातुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सूर्यपुरास्थित सिद्धार्थ प्रतिभा बोर्डिङ स्कुलको लु१क १७७८ नंको बसले लु३७प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको र एकजना घाइते भएको प्रनाउ भट्टले जानकारी दिनुभयो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुलबसमा आगो लगाइदिएका छन् । बस पूर्ण रुपमा क्षति भएको छ । त्यस क्षेत्रको अवस्था अहिले सामान्य बन्दै गएको पनि प्रहरीले जनाएको छ ।

घटनापछि बसका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ । आज स्कुलका विद्यार्थी बोकेर भ्रमणमा जाँदै गरेको स्कुल बसले ठक्कर दिएर यस्तो घटना भएको जनाइएको छ । रासस