१३ माघ २०८१, आईतवार
,
Latest
भारतले मनायो ७६ औँ गणतन्त्र दिवस–(फोटोफिचर) रविको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी जसपाको संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा हुने विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० उद्योग समितिबाट पारित नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द सैफ अलीमाथि हमला प्रकरणः आरोपितको औंठाछाप मेल खाएन गाजालाई ‘खाली गर्ने’ ट्रम्पको योजना ‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश, मुख्य भूमिका रहने होटलको सीसीटीभी फुटेज र बिल भर्पाई झिकाउन भन्दै विनिता कठायतले दिइन् निवेदन वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई



अ+ अ-

काठमाडौँ : नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई गर्ने भएको छ ।

कोषका अध्यक्ष उषा शेरचनका अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई करिब पाँच दशक गीतसङ्गीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त र रसिकलाई गीतसङ्गीत र साहित्य क्षेत्रमा करिब छ दशक समर्पित भएबापत सो सम्मान दिन लागिएको हो ।

रेडियो नेपालमा पनि करिब चार दशक सेवारत गायिका तथा सङ्गीतकार तारादेवीको जन्म विसं २००२ माघ २ गते र निधन २०६२ माघ ९ मा भएको हो । उहाँले राष्ट्रिय, आधुनिक र लोकगीत गरी करिब तीन हजार पाँच सय गीत गाउनाका साथै केही गीतमा सङ्गीत पनि दिनुभएको छ । उहाँका नाममा पाँच वर्षअघि तारादेवी फाउन्डेसन पनि स्थापना गरिएको छ । बिसका दशकमा लेकाली समूहबाट गायनमा उदाउनुभएका रसिकका नेपाली साहित्यका विविध विधामा थुप्रै पुस्तक पनि प्रकाशित छन् ।

यही मङ्सिर १९ गते स्वरसम्राट्को ३३ औँ स्मृति दिवसका दिन सो सम्मान दिइने कोषका महासचिव दीपक केसीले जानकारी दिनुभयो । विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ ।रासस