३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको महाकाली-मेची अभियान: मध्यपहाडीलोकमार्गको दूरी छोट्याउन इन्जिनियरसहितको टोली परिचालन



अ+ अ-

काठमाडौं । नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गकोदुरी छोट्याउन अध्ययनका लागि इन्जिनियहरुसहितकोटोली परिचालन गरेको छ ।

मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गअन्तर्गतआसपासका क्षेत्रहरुमा नागरिकसँग जोडिने अभिायन थालेको एमालेले मध्यपहाडी लोकमार्गकोदूरी छोटो बनाउनका लागि विज्ञहरुसहितको टोली परिचालन गरेको हो ।

न्युजएजेन्सी नेपालसँगको कुराकानीमा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले अभियानमा इन्जिनियहरुसहितजाने र लोकमार्गको दूरी छोटो बनाउने उपाय र आधारबारे अध्ययन गर्ने बताउनुभयो । उहाँले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा पनि डबल लेनमा स्तरोन्नतिगर्नेतर्फ अभियानले ध्यान दिने पनि बताउनु भयो । लोकमार्गका ठाउँठाउँमा सुरुङमार्गको डिजाइन गरेर भएपनि लोकमार्गको दूरी छोटो बनाउने बारेमा एमालेलेअभियानका क्रममा अध्ययन गर्ने बताउनु भयो ।

उहाँलेभन्नुभयो, ‘यस पटकको यात्रामा पुष्पलाल लोकमार्गको सन्दर्भमा हामीले केहीमहत्वपूर्ण अनुभव संग्रहित गर्छौं । यस लोकमार्गको एलाइमेण्टलाई अझ छोटोपार्ने उपाय के हुनसक्छ?त्यसतर्फ पनि हाम्रो ध्यान जान्छ । विषय विज्ञहरुको टिम पनिसाथमा रहन्छ । दूरीलाई छोटो पार्ने उपाय के हुनसक्छन् रु त्यसमा ध्यान जान्छ ।हामीले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा पनि डबल लेनमा यसको स्तरोन्नतिगर्नेतर्फ हामी के गर्नुपर्छ, त्यस्मा ध्यान दिनेछौँ । दूरी छोटो गर्ने सन्दर्भमा ठाउँठाउँमासुरुङ मार्गको डिजाइन कहाँ गर्ने हो, त्यो पनि अध्ययन गर्छौं ।’

उहाँलेभन्नुभयो, पाँचथर, ताप्लेजुङकाजनता काठमाडौं आउँदा उहाँहरु झापा झरेर होइन पुष्पलाल लोकमार्गको बाटो आउनसक्नुहोस् । दार्चुलाका बासिन्दा काठमाडौं आउँदा कैलाली झरेर होइन, पुष्पलाललोकमार्ग हुँदै आउन सक्नुहोस् । राजधानीबाट सुदूरपूर्व र सुदूरपश्चिमकोपहाडी जिल्लामा जाँदा पनि त्यही बाटो भएर जान सकियोस् भन्ने स्तरमा सडकको स्तरोन्नतिगर्न चाहेका छौँ ।’

उपाध्यक्ष पौडेलले दार्चुलाका बासिन्दाकाठमाडौं आउँदा कैलाली झरेर नभइ मध्यपहाडी लोकमार्गबाट नै आउनसक्ने र पाँचथर,ताप्लेजुङका जनता काठमाडौं आउँदा झापा नझरी काठमाडौं आउनसक्ने गरि पुष्पलाल लोकमार्गकोविकास गर्ने उद्देश्य रहेको बताउनु भयो । नेकपा एमालेले मंसिर १४ गतेबाट महाकाली—मेचीअभियान शुरु गरेको छ । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले २०६४/६५ मा तराईमा जस्तै मध्य पहाडी भूभागलाई राजमार्गले पूर्व–पश्चिम जोड्ने उद्देश्यले पहिलो पटक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रेखाङकन गरि बजेट विनियोजन गर्नु भएको थियो। भट्टराई नै २०६८ मा प्रधानमन्त्री भएका बेला उक्त लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर अघि बढाइएको थियो।

१८ सय ७९ किलोमिटरमध्ये ४ सय ६२ किलामिटर सडक भने पहिले नै बनेको सडकलाई मध्य पहाडी लोकमार्गमा जोडिएको छ। पाँचथरको चियो भञ्ज्याङबाट शुरू हुने मध्यपहाडी लोकमार्ग २४ ओटा पहाडी जिल्ला हुँदै बैतडीको झुलाघाटमा पुगेर टुङ्गिनेछ । लोकमार्गलाई अझै छोट्याउने, डेडिकेटेट एक्सप्रेस हाइवेको रूपमा विकास गर्ने तथा आवश्यक ठाउँमा सुरुङ खन्ने लगायतका कामको योजना भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले गरिरहेको छ ।