१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

एमालेको महाकाली-मेची अभियान: मध्यपहाडीलोकमार्गको दूरी छोट्याउन इन्जिनियरसहितको टोली परिचालन

एमालेको महाकाली-मेची अभियान: मध्यपहाडीलोकमार्गको दूरी छोट्याउन इन्जिनियरसहितको टोली परिचालन
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गकोदुरी छोट्याउन अध्ययनका लागि इन्जिनियहरुसहितकोटोली परिचालन गरेको छ ।

मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गअन्तर्गतआसपासका क्षेत्रहरुमा नागरिकसँग जोडिने अभिायन थालेको एमालेले मध्यपहाडी लोकमार्गकोदूरी छोटो बनाउनका लागि विज्ञहरुसहितको टोली परिचालन गरेको हो ।

न्युजएजेन्सी नेपालसँगको कुराकानीमा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले अभियानमा इन्जिनियहरुसहितजाने र लोकमार्गको दूरी छोटो बनाउने उपाय र आधारबारे अध्ययन गर्ने बताउनुभयो । उहाँले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा पनि डबल लेनमा स्तरोन्नतिगर्नेतर्फ अभियानले ध्यान दिने पनि बताउनु भयो । लोकमार्गका ठाउँठाउँमा सुरुङमार्गको डिजाइन गरेर भएपनि लोकमार्गको दूरी छोटो बनाउने बारेमा एमालेलेअभियानका क्रममा अध्ययन गर्ने बताउनु भयो ।

उहाँलेभन्नुभयो, ‘यस पटकको यात्रामा पुष्पलाल लोकमार्गको सन्दर्भमा हामीले केहीमहत्वपूर्ण अनुभव संग्रहित गर्छौं । यस लोकमार्गको एलाइमेण्टलाई अझ छोटोपार्ने उपाय के हुनसक्छ?त्यसतर्फ पनि हाम्रो ध्यान जान्छ । विषय विज्ञहरुको टिम पनिसाथमा रहन्छ । दूरीलाई छोटो पार्ने उपाय के हुनसक्छन् रु त्यसमा ध्यान जान्छ ।हामीले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा पनि डबल लेनमा यसको स्तरोन्नतिगर्नेतर्फ हामी के गर्नुपर्छ, त्यस्मा ध्यान दिनेछौँ । दूरी छोटो गर्ने सन्दर्भमा ठाउँठाउँमासुरुङ मार्गको डिजाइन कहाँ गर्ने हो, त्यो पनि अध्ययन गर्छौं ।’

उहाँलेभन्नुभयो, पाँचथर, ताप्लेजुङकाजनता काठमाडौं आउँदा उहाँहरु झापा झरेर होइन पुष्पलाल लोकमार्गको बाटो आउनसक्नुहोस् । दार्चुलाका बासिन्दा काठमाडौं आउँदा कैलाली झरेर होइन, पुष्पलाललोकमार्ग हुँदै आउन सक्नुहोस् । राजधानीबाट सुदूरपूर्व र सुदूरपश्चिमकोपहाडी जिल्लामा जाँदा पनि त्यही बाटो भएर जान सकियोस् भन्ने स्तरमा सडकको स्तरोन्नतिगर्न चाहेका छौँ ।’

उपाध्यक्ष पौडेलले दार्चुलाका बासिन्दाकाठमाडौं आउँदा कैलाली झरेर नभइ मध्यपहाडी लोकमार्गबाट नै आउनसक्ने र पाँचथर,ताप्लेजुङका जनता काठमाडौं आउँदा झापा नझरी काठमाडौं आउनसक्ने गरि पुष्पलाल लोकमार्गकोविकास गर्ने उद्देश्य रहेको बताउनु भयो । नेकपा एमालेले मंसिर १४ गतेबाट महाकाली—मेचीअभियान शुरु गरेको छ । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले २०६४/६५ मा तराईमा जस्तै मध्य पहाडी भूभागलाई राजमार्गले पूर्व–पश्चिम जोड्ने उद्देश्यले पहिलो पटक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रेखाङकन गरि बजेट विनियोजन गर्नु भएको थियो। भट्टराई नै २०६८ मा प्रधानमन्त्री भएका बेला उक्त लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर अघि बढाइएको थियो।

१८ सय ७९ किलोमिटरमध्ये ४ सय ६२ किलामिटर सडक भने पहिले नै बनेको सडकलाई मध्य पहाडी लोकमार्गमा जोडिएको छ। पाँचथरको चियो भञ्ज्याङबाट शुरू हुने मध्यपहाडी लोकमार्ग २४ ओटा पहाडी जिल्ला हुँदै बैतडीको झुलाघाटमा पुगेर टुङ्गिनेछ । लोकमार्गलाई अझै छोट्याउने, डेडिकेटेट एक्सप्रेस हाइवेको रूपमा विकास गर्ने तथा आवश्यक ठाउँमा सुरुङ खन्ने लगायतका कामको योजना भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले गरिरहेको छ ।