१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छ: उपनेता तामाङ

दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छ: उपनेता तामाङ
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको बताउनुभएको छ ।

उहाँले व्यवसायी प्रसाईंले गर्नुभएको आन्दोलनमा राप्रपाका ६५ प्रतिशत कार्यकर्ताहरु सभागी भएको दाबीसमेत गर्नुभयो । उहाँले आफ्नो पार्टीले कार्यकर्तालाई जानु पनि र नजानु पनि नभनेको उल्लेख गर्दै कार्यकर्ताहरुले आफ्नो इच्छाअनुरुप आन्दोलनमा सहभागी भएको बताउनु भयो ।

उहाँले पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही व्यवसायी प्रसाईंले गर्नुभएको कार्यक्रममा गइ सम्बोधन गर्नुभएको र राप्रपाले नैतिक समर्थन गरेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले व्यवसायी प्रसाईंले राख्नुभएका विभिन्न मागमध्ये राजासहितको प्रजातन्त्र पुन:स्थापना र हिन्दु राज्य पुन:स्थापना तथा संघीयता खारेजको विषयमा आफूहरुको समर्थन रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुर्गा प्रसाईंको आन्दोलनलाई हाम्रो नैतिक समर्थन हो । नैतिक समर्थन हामीले गरेका छौँ । पार्टीका कार्यकर्ताहरु त्यहाँ ६५ प्रतिशत भन्दा बढी नै उपस्थित हुनुहुन्छ । हाम्रो पार्टीले जाउ पनि भनेको छैन र नजाउ पनि भनेको छैन । त्यसकारण हाम्रो नैतिक समर्थन हो । नैतिक समर्थन भएपछि केके गर्नुपर्छ भन्नेकुरा कार्यकर्ताले जान्ने कुरा हो । हाम्रो प्रवक्ता संसदीय दलका प्रमुख सचेतक समेत गएर त्यहाँ आफ्ना कुरा राखेर आउनुभएको छ । उहाँका विविध प्रश्तावहरु छन्, उहाँका विविध माग छन् । हाम्रा राजासहितको प्रजातन्त्र पुन:स्थापना र हिन्दु राज्य पुन:स्थापना दुई विषय र संघीयता खारेजको विषयमा हाम्रो समर्थन छ । हाम्रो एजेण्डा बोकेर जसले यो हुनुपर्छ भन्छ, त्यसलाई हाम्रो नैतिक समर्थन रहन्छ । त्यसमा दुईमत छैन । दुर्गा प्रसाईंमात्रै होइन, जसले बोकेपनि हाम्रो समर्थन रहन्छ । हाम्रो अब २७ गते कैलालीमा आमसभा भइरहेको छ, २८ गते महेन्द्रनगरमा कार्यक्रम भइरहेको छ । २९ गते जनकपुरमा आमसभा हुन्छ । यो लगातार चलिरहन्छ । पुस २७ गतेबाट दिन तोकेर कार्यक्रमका घोषणा हुन्छन् । हाम्रो विचारमा सहमत सबैलाई आह्वान गर्दछौँ । सहकार्य गर्न आउनुस् ।’

नेता तामाङले राप्रपाको एजेण्डा बोकेर आउने सबैलाई राप्रपाले समर्थन गर्ने बताउनु भयो । उहाँले राप्रपाले मंसिर २७ गते कैलाली, २८ गते महेन्द्रनगर र २९ गते जनकपुरमा आमसभा गर्न लागेको बताउनु भयो । उहाँले पुस २७ गतेबाट राप्रपाले आफ्ना एजेण्डाअनुसारका विभिन्न कार्यक्रमहरु घोषणा गर्ने बताउनु भयो ।