५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले बनायो सर्वाधिक टी–२० जित्ने विश्व कीर्तिमान



अ+ अ-

एजेन्सी । चौथो टी–२० क्रिकेटमा भारतले अस्ट्रेलियालाई २० रनले पराजित गर्यो ।

योसँगै टोलीले सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल जित्ने विश्व कीर्तिमान समेत बनाएको छ । भारतले आफ्नो १३६ औं टी–२० जित्यो । उसले १३५ टी–२० जित रहेको पाकिस्तानलाई पछि पारेको हो ।

रायपुरमा भएको चौथो टी–२० जित्दै भारतले ५ म्याचको टी–२० सिरिजमा ३–१ को अग्रता लिएको छ । पाँचौं र अन्तिम टी–२० डिसेम्बर ३ मा बैंगलोरमा खेलिनेछ ।

रायपुरमा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो । जवाफमा अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्रै बनाउन ससक्यो ।