• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

दोस्रो सैंबु खुला ब्याडमिन्टन प्रतियोगिता सुरु



ललितपुर: सैंबु ब्याडमिन्टन सर्कलको आयोजना तथा ललितपुर महानगरपालिका वडा नं. १८ को सहयोगमा आजदेखि ललितपुर महानगरपालिका वडा नं. १८ को मगरगाउँमा दोस्रो सैंबु खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

यस प्रतियोगिताको सञ्चालनका लागि प्राविधिक सहयोग जिल्ला ब्याडमिन्टन संघले उपलब्ध गराएको छ ।

प्रतियोगिताको शुभारम्भ ललितपुर महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दामोदर खड्काले गर्नु भएको थियो । त्यस अवसरमा उहाँले स्वस्थ र अनुशासित समाज निर्माणका लागि खेलकुद अपरिहार्य रहेको बताउँदै खेलकुदका गतिविधिलाई वडाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सैंबु ब्याडमिन्टन सर्कलका अध्यक्ष शंकर थापा मगरको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा समाजका लब्धप्रतिष्ठित व्यक्तिहरु, खेलाडीहरु तथा आमन्त्रित महानुभावहरुको उपस्थिति थियो ।

यस प्रतियोगिताका विजयीलाई कप, प्रमाणपत्र र नगद प्रदान गरिने छ । प्रतियोगितामा प्रारम्भिक छनौटमा परेका २४ जना खेलाडीको सहभागिता छ ।

नकआउटका आधारमा खेलाइने यस प्रतियोगिता अन्तर्गत आज पहिलो दिनको खेलमा दामोदर थापा र बुद्ध लामा (बालकुमारी) को जोडीले बाबुरत्न महर्जन र सुबास बानियाको जोडीलाई १९–२१, २१–१७ र २१–१२ ले पराजित गरेको थियो ।

यसैगरी, शिशिर राई र सुरेश तामाङको जोडीले धन बहादुर थापा र सरोज कुमार शाक्यको जोडीलाई २१–१० र २१–१२ को स्कोरले पराजित गरेको थियो । अर्को खेलमा बिनोद महर्जन र सुसन चौधरीको जोडीले सुर बहादुर घलान र रामप्रसाद चौधरीको जोडीलाई २१–८ र २१–१० को अन्तरले पराजित गरेको थियो ।

त्यस्तै, पहिलो खेलमा मन कुमार थापा मगर र अन्जन थापाको जोडीले राज कुमार भण्डारी र लोकेन्द्र थापाको जोडीलाई २२–२० र २१–१० को अन्तरले पराजित गरी दोस्रो राउन्डमा प्रवेश गरेका छन् ।

यो प्रतियोगिता आगामी मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ ।