१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

दोस्रो सैंबु खुला ब्याडमिन्टन प्रतियोगिता सुरु

दोस्रो सैंबु खुला ब्याडमिन्टन प्रतियोगिता सुरु
अ अ+ अ-

ललितपुर: सैंबु ब्याडमिन्टन सर्कलको आयोजना तथा ललितपुर महानगरपालिका वडा नं. १८ को सहयोगमा आजदेखि ललितपुर महानगरपालिका वडा नं. १८ को मगरगाउँमा दोस्रो सैंबु खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

यस प्रतियोगिताको सञ्चालनका लागि प्राविधिक सहयोग जिल्ला ब्याडमिन्टन संघले उपलब्ध गराएको छ ।

प्रतियोगिताको शुभारम्भ ललितपुर महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दामोदर खड्काले गर्नु भएको थियो । त्यस अवसरमा उहाँले स्वस्थ र अनुशासित समाज निर्माणका लागि खेलकुद अपरिहार्य रहेको बताउँदै खेलकुदका गतिविधिलाई वडाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सैंबु ब्याडमिन्टन सर्कलका अध्यक्ष शंकर थापा मगरको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा समाजका लब्धप्रतिष्ठित व्यक्तिहरु, खेलाडीहरु तथा आमन्त्रित महानुभावहरुको उपस्थिति थियो ।

यस प्रतियोगिताका विजयीलाई कप, प्रमाणपत्र र नगद प्रदान गरिने छ । प्रतियोगितामा प्रारम्भिक छनौटमा परेका २४ जना खेलाडीको सहभागिता छ ।

नकआउटका आधारमा खेलाइने यस प्रतियोगिता अन्तर्गत आज पहिलो दिनको खेलमा दामोदर थापा र बुद्ध लामा (बालकुमारी) को जोडीले बाबुरत्न महर्जन र सुबास बानियाको जोडीलाई १९–२१, २१–१७ र २१–१२ ले पराजित गरेको थियो ।

यसैगरी, शिशिर राई र सुरेश तामाङको जोडीले धन बहादुर थापा र सरोज कुमार शाक्यको जोडीलाई २१–१० र २१–१२ को स्कोरले पराजित गरेको थियो । अर्को खेलमा बिनोद महर्जन र सुसन चौधरीको जोडीले सुर बहादुर घलान र रामप्रसाद चौधरीको जोडीलाई २१–८ र २१–१० को अन्तरले पराजित गरेको थियो ।

त्यस्तै, पहिलो खेलमा मन कुमार थापा मगर र अन्जन थापाको जोडीले राज कुमार भण्डारी र लोकेन्द्र थापाको जोडीलाई २२–२० र २१–१० को अन्तरले पराजित गरी दोस्रो राउन्डमा प्रवेश गरेका छन् ।

यो प्रतियोगिता आगामी मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ ।