२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरणः धरौटीमा छुट्ने आदेश भएकाहरु आइतबारमात्रै छुट्ने



अ+ अ-

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका केहीलाई धरौटीमा र केही प्रतिवादीलाई तारेखमा छाडिएको छ ।

उच्च अदालत पाटनले थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ गर्दै यस्तो आदेश सुनाएको छ । थुनामा रहेका २० जना मध्ये ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर गरेको छ भने १२ जनामध्ये केहीलाई धरौटीमा र केही प्रतिवादीलाई तारेखमा छाडिएको छ ।

यसैबीच आज शुक्रबार अबेर फैसला आएको र भोलि शनिबार भएकाले छुट्ने आदेश भएकाहरु आइतबार या सोमबार मात्र छुट्ने भएका छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई छाड्न अस्वीकार गरिएको छ । अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा खाणलाई छाड्ने विषयमा दुईजनाबीच राय बाझिए पछि खाण थुनामुक्त हुन सकेनन् । खाणको बारेमा अब अर्को न्यायधीशको इजलासमा यसको सुनुवाइ हुने भएको छ ।

अदालतले रायमाझीसहित टेकनारायण पाण्डे, डा इन्द्रजित राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पालाई थुनामै राख्ने आदेश दिएको छ ।