२० माघ २०८१, आईतवार
,
Latest
सागर ग्रुपले आईटी एक्स्पो गर्ने जुनेलो, फापर, गहत फलाउने किसान भएनन् नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने सांसद भट्टराईको प्रश्नः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्ने ? बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए निजी क्षेत्रको अपेक्षा भन्दा माथि गएर सरकारले नीतिगत सुधारको लागि अध्यादेश ल्यायोः वरिष्ठ उपाध्यक्ष मल्होत्रा नेपालको लगातार तेस्रो हार, नेदरल्यान्डसँग १५ रनले पराजित जिमेल एकाउन्टमा एआई प्रयोग गरेर ह्याक के यो बियोन्सेको समय हो ? सङगीतका ए–लिस्टरहरू ग्रामीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुमुवा प्रहरी हुँ भन्दै व्यापारीहरूसँग रकम उठाउने व्यक्ति पक्राउ



अ+ अ-

पर्सा । घुमुवा प्रहरी हुँ भन्दै व्यापारीहरूसँग महिनावारी रकम उठाएको अभियोगमा बारा आदर्श कोतवाल गाउँपालिका–८ लक्ष्मीपुर बस्ने ५५ वर्षीय गोबिन्द महतो कोईरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

कोईरीले ५/६ महिनादेखि आफूलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटि आएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भन्दै वीरगञ्ज महानगरपालिका–२३ हरपतगञ्जस्थित व्यापारीहरूसँग रकम उठाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरलिका–२३ सुगौली विर्ताबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।