४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र अष्ट्रेलियाबीचको खेल हुने रायपुर रंगशालामा खेलबीचमै अन्धकार हुन सक्ने



अ+ अ-

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत चौथो खेल आज रायपुरस्थित शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ ।

यसअघिका तीन खेलमध्ये भारतले दुई खेल जितेको छ भने अष्ट्रेलियाले एक खेल जितेको छ । यसैबीच रायपुरको यो रंगशालाको धेरै भागमा बिजुली बिग्रिएको छ । यसको कारण २००९ देखिको विद्युत महसुल अहिलेसम्म तिरिएको छैन ।

रिपोर्टका अनुसार स्टेडियमको ३ अर्ब १६ करोड रुपैयाँ बिजुलीको बिल छ, जुन अहिलेसम्म तिरिएको छैन । यही कारण पाँच वर्षअघि विद्युत जडान पनि काटिएको थियो । छत्तीसगढ क्रिकेट संघको अनुरोधमा अस्थायी जडान दर्शकहरूको ग्यालरी र बक्स मात्र कभर गरिएको थियो । भारत र अष्ट्रेलियाबीचको खेलमा जेनेरेटरको सहायताले फ्लड लाइट बालिनेछ । यसको मतलब यदि जेनेरेटरले धोका दिन्छ भने, मैदानमा अन्धकार हुन सक्छ ।

क्रिकेट संघले रंगशालाको अस्थायी जडानको क्षमता बढाउन अपिल गरेको रायपुर ग्रामीण सर्कलका इन्चार्ज अशोक खाण्डेवालले स्वीकार गरे पनि अहिलेसम्म काम सुरु हुन नसकेको बताए ।

२०१८ मा हाफ म्याराथनका क्रममा दौडमा सहभागी खेलाडीले स्टेडियममा विद्युत आपूर्ति बन्द भएको थाहा पाएपछि निकै हंगामा भएको थियो । यसपछि सन् २००९ देखि ३ अर्ब १६ करोड रुपैयाँ पुगेको विद्युत महसुल नतिरेको खुलासा भएको छ ।

रंगशाला निर्माणपछि यसको मर्मत सम्भारको जिम्मा लोकविभागलाई दिइएको थियो भने बाँकी खर्च खेलकुद विभागको जिम्मामा थियो । अहिले दुवै विभागले विद्युत महसुल नतिरेको आरोप एकअर्कालाई लगाइरहेका छन् ।