१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सार्वभौम सत्ता, स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता: ओली

सार्वभौम सत्ता, स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता: ओली
file photo
अ अ+ अ-

डडेलधुरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम सत्ता, स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

शुुक्रवार पार्टीको महाकाली—मेची अभियानका क्रममा डडेलधुराको अमरगढीमा अमरसिंह थापाको शालिकमा माल्यार्पण र फूल अर्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अमरस्ंिह थापा जस्ता योद्धाहरुले लडेर बनाएको देशको सार्वभौम सत्ता, स्वाधिनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डतालाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले हरेक नागरिकले आफू भन्दा पहिला देश सोच्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अमरसिंह गढी नाम राखिएको यो गढी तत्कालीन प्रधानसेनापति उहाँको ७३/७४ वर्षको उमेरमा यो बनाउनुभएको हो किल्ला । यो किल्लाले त्यसबेला महत्वपूर्ण भुमिका खेलेको थियो । यो किल्ला राम्रा, सुन्दर र सुरक्षित किल्लाहरुमध्येको एउटा हो । अमरसिंह थापा एउटा यस्तो योद्धा हो जसको १८१५ को ब्रिटिश इण्डियासँगको नेपालको आत्मरक्षा र न्यायको लडाईं थियो । अमरसिंह थापा प्रधान सेनापति, भीमसेन थापा उनका छोरा त्यसबेला पाल्पाको कमाण्डमा थिए र सबैभन्दा बाहिरि किल्लामा अमरसिंहका माहिला छोराका छोरा बुटवल गढीको रक्षा गर्न तैनाथ थिए । त्यहाँबाट अंग्रेज सेनालाई लखेटेर खासमा भन्ने हो भने नेपालको विजयी भयो ।’

‘अमरसिंह थापा महान देशभक्त, महान योद्धा, महान जनरल र वास्तवमा देशका लागि समर्पित र आफूमात्रै नभइ पुस्तौँपुस्ता समर्पित हुनुहुन्थ्यो । आफू पछाडि नभइ अघि बढेर कमाण्ड गर्नुहुन्थ्यो । सिपाही भन्दा अघि बढ्नुहुन्थ्यो । अमरसिंह थापा हामी सबैका निम्ति अत्यन्त आदरणीय हुनुहुन्छ । उहाँहरु जस्ता योद्धाले लडेर बचाएको, बनाएको देश आज यसको सार्वभौम सत्ता, स्वाधिनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डताका लागि उहाँहरु लड्नुभयो, त्यसलाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नुछ ।’

अध्यक्ष ओलीले अमरसिंह थापा सबै नेपालीका निम्ति आदरणीय रहेको बताउनु भयो ।