७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा हात्तीको आक्रमणबाट वन चौकीदारको मृत्यु



फाईल फोटो
अ+ अ-

काठमाडौँ । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट हल्दीबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनका चौकीदारको मृत्यु भएको हो ।

अन्दाजी ४० वर्षीय चौकीदार धनबहादुर  शुक्रबार बिहान पौने ११ बजे मृत अवस्थामा फेला परेका थिए ।

वनमा खटिएका बेला जंगलबाट आएको हात्तीले उनलाई मारेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थल पुगेर प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ।