१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

तार भूमिगत गर्न सडक विभागले अनुमति नदिँदा कन्ट्याक्टरहरु काम छोडेर भाग्न थाले: कुलमान घिसिङ

तार भूमिगत गर्न सडक विभागले अनुमति नदिँदा कन्ट्याक्टरहरु काम छोडेर भाग्न थाले: कुलमान घिसिङ
अ अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढेको बताउनुभएको छ ।

बिहीवार ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबैले नकारात्मक कुरा गर्दा सकारात्मक कुरा र काम गर्ने व्यक्ति म हुँदै गएको बताउनु भयो । उहाँले देशमा यस्तो स्थिति बन्नु दुर्भाग्यपूर्ण भएको बताउनु भयो । उहाँले एउटा रुख काट्न नसकेर एक वर्षसम्म राष्ट्रिय महत्वको अप्पर अरुण १ हजार ६१ मेगावाटको योजना अलपत्र परिरहेको बताउनु भयो । उहाँले एक वर्षसम्म अनुमति नदिइ काम गर्न नदिने प्रवृत्तिबाट देश बन्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढ्यो । सबैले नेगेटिभ मात्रै कुरा गर्ने हो भने काम कसले गर्ने ? पोजेटिभ कुरा त कतै पनि नआउने भयो । यो स्थिति आउनु दुर्भाग्यपूर्ण हो । मैले पीडा बोलेको हो । जता पनि समस्या छ । तराईमा गयो ट्रान्समिसन लाइनको समस्या, यी नजिकै ट्रान्समिसन लाइनको समस्या, लप्सीफेदीमा मेरो बिरुद्धमा नारा लगाइरहेको छ । कसरी काम गर्ने । वनले काम नै गर्न दिँदैन, एउटा रुख काट्न नसकेर मैले एक वर्षसम्म एउटा रुख काट्न नदिएर राष्ट्रिय महत्वको ठूलो योजना अप्पर अरुण १ हजार ६१ मेगावाटको बाटोको काम एक वर्षसम्म रोकेर बसेको छ । यस्तो स्थितिले देश बन्छ ? बन्दैन ।’

निर्देशक घिसिङले काठमाडौं उपत्यकामा तार भूमिगत गर्ने कुरामा सडक विभागले अनुमति नदिँदा सबै काम ठप्प भएको बताउनु भयो । उहाँले अण्डरग्राउण्ड गर्ने ठूलो योजना सडक विभागले सात महिना भइसक्दासमेत अनुमति नदिएपछि काम गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले े नेपालमा धेरै ठाउँमा समन्वयको अभाव रहेको बताउनु भयो । उहाँले सडक विभागले तार भूमिगत गर्न नदिँदा ठूला कन्ट्याक्टरहरु काम छोडेर भाग्ने अवस्थामा पुगेको उल्लेख गर्नुभयो । उहाँले मेरो क्षेत्राधिकार भित्र दिन्न भन्ने मानसिकताबाट देश विकास हुन कठिन रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अण्डरग्राउण्ड केवलको कुरा छ । म आफैँ यसो घरबाट निस्किँदा पोलको शहर जस्तो लाग्छ । नरमाइलो लाग्छ । वास्तवमा यो तारहरु कम्युनिकेसनका, फाइबर अप्टिकल केवलहरु जञ्जालले गर्दा यो सेक्युरिटीको हिसावले पनि र सेफ्टीको हिसावले पनि एकदमै अफ्ठ्यारो पारेको छ । केही गरौँ भनेर हामीले यसको महशुलमा पनि संशोधन गरेका थियौँ । त्यो त्यत्ति इफेक्टिभ भएको छैन । अण्डरग्राउण्ड मेजर शहरहरुमा, मेजर रोडहरुमा गरौँ भनेर ठूलो प्रोजेक्ट ल्यायौँ । काठमाडौं, ललितिपुर र भक्तपुरमा टेण्डर पनि भयो । तर धेरै ठाउँमा काम गर्न सकिएको छैन । यो दुर्भाग्यपूर्ण अवस्था हो हाम्रो । कोर्डिनेशन छैन । हाम्रो नेपालमा धेरै ठाउँमा कोर्डिनेशन भएको छैन । रोड डिपार्टमेण्टबाट हामीले सहमति लिनुपर्ने धेरै ठाउँमा रोड डिपार्टमेण्टबाट सहमति नपाउँदा, मेरो ठूला ठूला कन्ट्याक्टरहरु काम छोडेर भाग्ने अवस्थामा पुगेको छ । उहाँहरुले ७ महिना भयो आजसम्म एक ठाउँ पनि दिनुभएको छैन ।’

‘मेन रोडमा हामीले मागेको अहिलेसम्म कतै पनि पाएको छैन । केही ठाउँमा समस्या होला, काम गर्दा भविष्यको राम्रोका लागि केही क्षण बुझ्नुपर्दथ्यो । सहमति नै नदिने, सबै मेरो क्षेत्राधिकार भित्र दिन्न भनेपछि कसरी देश विकास हुन्छ, यो देश विकास हुन धेरै गाह्रो छ । धेरै कोर्डिनेशनको इस्यु धेरै नै ठूलो छ । त्यस्तो महंगो प्रोजेक्ट ल्याइरहेको छ, कहीँ काम गर्न दिइएको छैन । त्यो विषयमा महानगरपालिकाले रोड विभागसँग समन्वय गर्दा काम हुनसक्छ । यति ठूलो प्रोजेक्टलाई बेवारिसेको रुपमा परिणत गर्नलाई हामीबीचको कोर्डिनेशनको कारणले बेवारिसे हुँदैछ, यो दुर्भाग्यपूर्ण हो । वनमा गयो, वनै राज्य, सडकमा गयो सडकै राज्य । कहाँ काम गर्ने ?’

उहाँले समन्वयको कमीका कारण ठूला योजनाहरु बेवारिसेको रुपमा परिणत हुनु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो ।