• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

भारतमा हावाको गुणस्तर सुधार भएपछि प्रतिवन्ध हटाइयो



NEW DELHI, INDIA (Photo by Sonu Mehta/Hindustan Times)

एजेन्सी । भारतीय राजधानीमा बुधवार हल्का वर्षा र हावाको गति बढेका कारण वायुको गुणस्तरमा उल्लेखनीय सुधार आएसँगै प्रतिवन्ध हटाइएको छ ।

एयर क्वालिटी इन्डेक्स (एक्युआई) ३६५ बाट २५८ मा झरेको छ । अधिकारीहरूले सम्पूर्ण राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा ग्रेडेड रेस्पोन्स एक्शन प्लान (जीआरएपी) अन्तर्गत अब दिल्ली र गुरुग्राम, फरीदाबादको वरपरका क्षेत्रहरूमा विशेष प्रकारका सवारी साधनहरूमा प्रतिवन्ध लगाइएकोमा अब छुट दिइएको बताउनु भयो ।

सरकारले नोभेम्बर २ मा शुरु गरेको यसअघिका कार्यहरूमा निर्माण र खानी जस्ता विभिन्न प्रदुषण निम्त्याउने गतिविधिहरू रोकिएको थियो । यद्यपि यी प्रतिवन्धहरू हटाइएपछि यी गतिविधिहरू पुन: शुरु हुने बताइएको छ ।