४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले सहभागिता जनाउने टि-२० विश्वकप खेल्ने सबै टोलीको टुङ्गो



अ+ अ-

काठमाडौँ । नेपालले सहभागिता जनाउने आइसिसी टि-२० विश्वकप २०२४ खेल्ने सबै टुङ्गो लागेको छ । अफ्रिका छनोटबाट नामिबिया र युगान्डा छनोट भएसँगै विश्वकप खेल्ने २० टोलीको टुङ्गो लागेको हो ।

विश्वकप २०२४ अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा जुन ४ देखी ३० सम्म आयोजना गर्नेछन् । अघिल्लो टी-२० विश्वकप तालिकाको माथिल्लो आठ स्थानमा रहने टोलीले भने स्वत: सन् २०२४ को विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । सोही प्रावधान अनुरुप अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका विश्वकपमा छनोट भइसकेका छन् ।

यसैगरी आईसीसी टी-२० वरीयतामा माथिल्लो स्थानमा रहेका आधारमा अफगानिस्तान र बंगलादेश पनि विश्वकपमा छनोट भइसकेका छन् । यसका अतिरिक्त छनोट चरण पार गर्दै युरोप महादेशबाट आयरल्यान्ड र स्कटल्यान्ड विश्वकपमा पुगेका हुन् ।

पूर्वी एसिया—प्रशान्त क्षेत्रबाट पपुवा न्यु गिनी विश्वकपमा छनोट भएको छ । अमेरिकी महादेशको छनोट प्रतियोगिताबाट क्यानडा विश्वकपमा पुगेको छ । एसिया महादेशको छनोट प्रतियोगिताबाट भने नेपाल र ओमानले विश्वकपमा स्थान पक्का गरिसकेका छन् । अफ्रिका महादेशबाट नामिबिया र युगान्डा विश्वकपमा पुगेका हुन् ।

यसअघि टि-२० विश्वकपमा १६ टोलीले खेल्दै आएका थिए । २० टोलीलाई चार समूहमा विभाजन गर्नेछ । हरेक समूहमा पाँच टोली हुनेछन् । नेपालले कोसँग खेल्छ समूह विभाजनपछि मात्रै थाहा हुनेछ ।

समूह चरणबाट शीर्ष दुई टोलीले सुपर ८ मा स्थान बनाउनेछन् । सुपर ८ मा दुई समूहमा विभाजन गरिनेछ । शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।