६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयो: ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा अन्योल र निराशा र जनता विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको बताउनुभएको छ ।

बिहीवार बैतडीको गोठलापानी आयोजित महाकाली—मेची अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले राजाको शालिक बनाएर श्री ५ महाराजधिराज लेखी असंवैधानिक काम भइरहेको बताउनु भयो । गणतन्त्रको बिरोध गर्ने दु:शाहसी काम भइरहेको बताउनु भयो । उहाँले अब नेपाली जनता पछाडि फर्किन नसक्ने भन्दै कोही धनी र कोही गरिव हुन जन्मिने कुरा स्वीकार्य नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनतामा अन्योल र निराशा बढ्दै गएको हुनाले जनता विदेशतिर पलायन हुँदै गएको हुनाले अहिले प्रतिक्रियावादी प्रतिगामी शक्तिहरु मौका आउँछ की भनेर दुलाबाट टाउको निकालेर फेरि सल्बलाउन खोजेका छन् । अहिले हामी देखिरहेका छौँ, कहीँ उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले शालिक बनाएर, अहिले श्री ५ महाराजधिराज भनेर शालिक लेखेर तमासा गर्ने असंवैधानिक काम अहिले भइरहेको छ । गणतन्त्रको बिरोध गर्ने, त्यो दु:शाहसी काम भइरहेको छ ।’

‘लोकतन्त्रको बिरोध गर्ने दु:शाहसी काम भइरहेको छ । तसर्थ हामी पछाडि फर्किन सक्दैनौँ, फेरि हामी रैति हुन सक्दैनौँ । फेरि हामी दास हुन सक्दैनौँ । फेरि हामी छुवाछुत र अनेक प्रकारतिर फर्किन सक्दैनौँ । फेरि हामी जन्मिँदै कोही राजा हुन जन्मिन्छ, कोही दास, कोही धनी र कोही गरिव हुन जन्मिन्छ, भनेर मान्दैनौँ । अब गरिबी अन्त्य गर्नैपर्छ । अभाव, भोकमरी समाप्त गर्नैपर्छ, त्यो काम सरकारको हो ।’

अध्यक्ष ओलीले अब गरिबी, अभाव, भोकमरीको अन्त्य गर्नुपर्ने र त्यो काम सरकारको भएको बतउनु भयो ।