५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टार फुटबलर नेयमारसँग अलग भएको प्रेमिका बियानकार्डीको घोषणा



अ+ अ-

एजेन्सी । ब्राजिलियन मोडल ब्रुना बियानकार्डीले साउदी क्लब अल–हिलालका फुटबल खेलाडी नेयमारसँगको सम्बन्ध तोडेको घोषणा गरेकी छन् । डेली मेलको रिपोर्ट अनुसार बियानकार्डीले आधिकारिक रूपमा एक अर्कासँग अलग भएको घोषणा गरेकी हुन् ।

ब्राजिलियन फुटबलर र उनकी प्रेमिकाले दुई महिना अघि मात्रै आफ्नो पहिलो सन्तान माभीलाई स्वागत गरेका थिए । नेयमारले बियानकार्डीलाई धोका दिएका अफवाहका बिच उनिहरु छुट्टिएका खबर आएको हो ।

आफ्नो इन्स्टाग्राम स्टोरीमा पोस्ट गर्दै, बियानकार्डीले भनेकी छन्, ‘यो एक निजी कुरा हो, तर म प्राय: समाचार, शंका र मजाकहरूसँग जोडिएको हुनाले, म तपाईंलाई यो जानकारी गराउन चाहन्छु कि म नेमारसँग सम्बन्धमा छैन।’

‘हामी :छोरी माभी को अभिभावक हौं र यो हाम्रो सम्बन्ध को कारण हो। म आशा गर्छु कि तपाईले मलाई समाचार संग सम्बद्ध गर्नुहुनेछैन। धन्यवाद।’, उनले थपेकी छन् ।

नेयमारले हालैका दिनहरूमा बियानकार्डीलाई धोका दिएको आरोपको सामना गर्नु परेको थियो । उनी यसै वर्षको सुरुका दिनमा स्पेनी नाइटक्लबमा दुई फरक महिलासँग पार्टी गरिरहेको फुटेजमा देखा परेको थिए ।

नेयमारको अघिल्लो सम्बन्ध क्यारोलिना डान्टासबाट एक छोरा पनि छ । उनी २०२१ देखि बियानकार्डीसँग सम्बन्धमा रहेका थिए ।