१६ भाद्र २०८३, मंगलवार
,
Latest
विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप: फाईनलमा पुग्न एपिएफलाई मधेशले दियो १ सय ९८ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । केपी ओली टि२० कपको दोस्रो सेमिफाइनल खेलमा मधेश प्रदेशले नेपाल एपिएफ क्लबलाई १ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनायो ।

मधेशका ओपनर अनिल शाहले र इमरान शेखले उत्कृष्ट अर्धशतकिय इनिङ खेले । अनिलले ३६ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ५७ रन बनाए । इमरानले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन जोडे । दोस्रो विकेटका लागि अनिल र इमरानले ९२ रनको साझेदारी गरेका थिए । पवन सरार्फ ३३, रुपेश सिंह २१, हिमान्शु दत्त १५, कप्तान हरिशंकर शाह १० तथा विशाल शुश्लिङ र मयन यादवले समान ४ रन बनाए ।

एपिएफका स्पिनर मौसम ढकालले सर्वाधिक ३ विकेट लिदा अमरसिंह राउटेलाले २ विकेट लिए ।

यस खेलको विजेताले फाइनलमा शुक्रबार आर्मीसँग खेल्नेछ ।